२० जेष्ठ २०८०, शनिबार

चीनको नेपाली दूतावासमा बुद्ध जयन्ती भव्य रूपमा मनाइयो



१४, जेष्ठ, चिन । गौतम बुद्धको २५६५ औं जन्मदिन चीनको नेपाली दूतावासमा सम्पन्न भएको छ। यसस अवसरमा चीनका सबै क्षेत्रका एक सयभन्दा बढी अतिथिहरू, चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुुर पाण्डे र विदेशमा बस्ने चिनियाँहरू उक्त समारोहमा उपस्थिती रहेको थियो।

उक्त कार्यक्रममा राजदूत महेन्द्रबहादुर पाण्डेले पाहुनाहरूलाई स्वागत गर्नुका साथै सबैलाई शान्तिमय क्षणमा बधाई दिए। राजदूत पाण्डेले बुद्ध शाक्य मुनीको विश्व शान्ति र सद्भावको शिक्षाको बारेमा व्याख्या गरे।

उनले जोड दिँदै भने, ‘चीन र नेपालका बीच गौरवशाली सांस्कृतिक परम्पराहरू सहित नजिकको सम्बन्ध छ । बौद्ध भिक्षु र बौद्ध विद्वानहरू बीचको बौद्ध साहित्यमा आदानप्रदान सहित सबैले द्विपक्षीय सम्बन्धको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।’

सो कार्यक्रममा चिनियाँ बौद्ध संघका उपाध्यक्ष भेनेरेबल जोअड गसिडले भने, ‘चीन र नेपाल बीचको मानविय सम्बन्धहरूको आदानप्रदानको लामो इतिहास रहेको छ र आशा छ कि यो मैत्री विकास चिरकालसम्म जारी रहन सक्छ ।’

कायक्रममा बौद्ध भिक्षुहरूले विश्व शान्ति र सद्भावको लागि प्रार्थना गरे । त्यस्तै ‘निर्वाणको आवाज’ बाट आएका कलाकारहरूले पनि गाउने र नेपाली संस्कृति झल्काउने काम गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको