कोरोना संक्रमणबाट रेडियो सञ्चालकहरूको छाता संगठनका अध्यक्ष न्यौपानेको मृत्यु
१४ जेष्ठ, विराटनगर । कोरोना संक्रमणका कारण रेडियो सञ्चालकहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको मृत्यु भएको छ ।
५० वर्षीय न्यौपानेको आज बिहान साढे ८ बजे विराट मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
कोरोना सङ्क्रमणका कारण श्वासप्रश्वासमा समस्या भएपछि न्यौपानेलाई वैैशाख २८ गते बेलुका विराट मेडिकल कलेजमा भर्ना गरिएका थियो । न्यौपाने सप्तकोसी एफएमका स्टेशन म्यानेजर पनि हुन् ।