५ आश्विन २०७८, मंगलवार

कसैका बाबुले पनि रामदेवलाई गिरफ्तार गर्न सक्दैनः त्रिमुल कङ्ग्रेस नेतृ मोहित्रा



१४ जेष्ठ, काठमाडौं । एलोपेथी औषधी र डाक्टरका बारेमा बाबा रामदेवले बोलेको विषयलाई इन्डिएन मेडिकल एसोसियसन (आइओएम) ले कारवाहीको माग अगि सारेको बेला भारतमा यो विषयलाई लिएर थप विवादहरू उत्पन्न भएका छन् । आइएमए र बाबा रामदेवका पक्षमा मत विभाजित भएको छ ।

बाबा रामदेवले भनेका छन्, ‘चिकित्सकिय पद्धतिको यस सङ्घर्षमा आफ्नो भनार्इ खेदपूर्वक फिर्ता लिन्छु ।’ बाबा रामदेवको भनाइलाइ लिएर डाक्टर समर्थकहरूले एरेस्ट रामदेव ह्यास ट्यागमा ट्रोल गरिएको छ ।

आइएमएको उजुरी पश्चात् प्रधानमन्त्री नरेन्द्र मोदीले जवाफ दिएका छन्, ‘पहिलो लहरमा ७५३ र दोस्रो लहरमा ५१३ जना डाक्टरले ज्यान गुमाएकोमा रामदेवले १० हजारले ज्यान गुमाएको कुरा बताए । यस्ता मानिसहरु भ्याक्सिन रोक्न लागि रहेछन् ।’ त्यस्तै केन्दीयय स्वास्थ्य मन्त्री हर्षवर्धनले डाक्टरहरुले करौडौ कोरोना विरामीलाई ज्यान बचाएको यस बेला एलोपेथिक औषधीका कारण लाखौं विरामी मरेको कुरा बताउनु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

तर एरेस्ट बाबा रामदेव ह्यास ट्याग ट्रोल भएपछि त्रिमुल कङ्ग्रेसकी नेतृ मोहुआ मोहित्राले कसैका बाबुले पनि बाबा रामदेवलाई गिरफ्तार गर्न नसक्ने बताएकी छिन् । मोहित्रा त्रिमुल कङ्ग्रेसकी पूर्व महासचिव र प्रवक्ता हुन् । उनी नयाँ पुस्ताकी फायरव्याण्ड नेता मानिन्छन् । विजेपी समेत आलोचक हुन पुगेका युवा नेतृ मोहुआ अगि सर्दा ट्रोल भएका बाबा रामदेवलाइ केही राहत भएको छ ।

आचार्य बालकृष्णद्धारा रामदेवको बचाउ
बाबा रामदेवका अर्का सहयात्री आचार्य बालकृष्णले उनको बचाउ गर्दै भनेका छन्, ‘बाबा रामदेवले कसैले ह्वाट्स ऐपमा पठाएको मेसेजका आधारमा यसो बोल्न पुगेको र उनले आफ्नो भनार्इ फिर्ता लिइसकेका छन् । केही मानिसहरू जो आयुर्वेदले पनि कोरोना सफलतापूर्वक निको गर्न सक्छ भन्ने पतञ्जलीको दावी प्रति पहिलेदेखि नै बेखुशी थिए । कोभिड–१९ को औषधी आयुर्वेदले एलोपेथीभन्दा अगि पत्ता लगाएकोमा उनीहरूमा हलचल मच्चिएको हो । उनीहरूले यसको कल्पना समेत गरेका थिएनन् ।’

बालकृष्णले आफूले तयार गरेको आयुर्वेद औषधीहरु आधुनिक विज्ञानमा पनि आधारित छ भन्ने तथ्य पुष्टि गर्दै भनेका छन्, ‘पतञ्जली आयुर्वेदमा ५०० भन्दा बढी बैज्ञानिक र डाक्टरहरू उनको मातहतमा काम गरिरहेका छन् । उनले आफूहरूले गरेको काम विज्ञानसम्मत भएको दावी गरेका छन् ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको