१५ मंसिर २०७८, बुधबार

बिहिबार ७२२६ कोरोना मुक्त : ६९३९ नयाँ सङ्क्रमित थपिए, १०६ को मृत्यु



१३ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७ हजार २ सय २६ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालएको तथ्याङ्क अनुसार २० हजार ४ सय १४ पीसीआर परीक्षणमा ६ हजार ७ सय ३१ र ५ सय ७८ एन्टिजेन परीक्षणमा २०८ जना गरी पछिल्लो २४ घण्टामा ६,९३९ नयाँ संक्रमित थपिएका हुन् ।

आज थपिएकासहित नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ । जसमध्ये १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा होम आइसोलेशन र विभिन्न अस्पतालमा उपचाररत १०६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार ९ सय ५१ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको