सार्वजनिक शिक्षाको उत्थानका लागि शिक्षकहरू नै जागरुक हुन आवश्यक

केदारभक्त माथेमा
१३ जेष्ठ २०७८, बिहीबार
सार्वजनिक शिक्षामा निजी शैक्षिक संस्थाहरूको भूमिका खोज्नु पूर्व सार्वजनिक शैक्षिक संस्थाहरूको मुख्य समस्या के हो ? त्यसमा जानु जुरुरी छ । हुन त हामीले गरेको अध्ययन केही वर्ष पुरानो भयो । अहिले त्योभन्दा नयाँ खास अध्ययनहरू भएको छ कि छैन थाह भएन । तर एउटा अध्ययनले के भन्छ भने तपाईंहरू कति साथीहरू गाउँघरका विद्यालयहरू डुलिरहनु हुन्छ । मैले पनि केही वर्ष अगाडि तराईका केही विद्यालयहरू डुल्ने मौका पाएको थिए । तर एउटा मुख्य समस्या भनेका सार्वजनिक विद्यालयहरूमा खासै पढाइ हुँदैन भनिन्छ । केही अपवादको रूपमा राम्रा सार्वजनिक विद्यालयहरू नभएका भने होइनन् । अधिकांश विद्यालयहरूको मुख्य कुरै त्यो हो कि खासै पढाइ हुँदैन । खासै पढाइ हुँदैन भन्दाखेरि किन हुँदैन त ? शिक्षकको तलव हेर्ने हो भने निकै राम्रो छ । हुन त पहिलाकोसँग तुलना गर्ने होइन । म त्रिभुवन विश्वविद्यालयको उप–कुलपति हुँदाखेरि मेरो घरमा ल्याउने तलव ६ हजार हुन्थ्यो । अहिले प्राथमिक शिक्षकको तलब त्यो भन्दा निकै राम्रो छ । माध्यमिक शिक्षकको तलव पनि राम्रो छ भन्ने सुन्छु । उहाँहरूलाई बिदा, उपदान, स्वास्थ्य उपचारको सुविधा छ, जागीरको सुनिश्चितता छ, पेन्सनको व्यवस्था गरिएको छ, तर पढाइ किन हुँदैन त ? सरकारले पनि त्यत्रो खर्च गरिरहेको छ । खर्च गरेन भन्न मिल्दैन गरिरहेको छ । तर पढाइ हुँदैन ।
एउटा अध्ययनले के भन्छ भने मुख्य समस्या भनेका अधिकांश सार्वजनिक विद्यालयहरूमा खासै पढाइ हुँदैन भनिन्छ । केही अपवादको रूपमा राम्रा सार्वजनिक विद्यालयहरू नभएका भने होइनन् । खासै पढाइ हुँदैन भन्दाखेरि किन हुँदैन त ? शिक्षकको तलव हेर्ने हो भने निकै राम्रो छ । हुन त पहिलाकोसँग तुलना गर्ने होइन । म त्रिभुवन विश्वविद्यालयको उप–कुलपति हुँदाखेरि मेरो घरमा ल्याउने तलव ६ हजार हुन्थ्यो । अहिले प्राथमिक शिक्षकको तलब त्यो भन्दा निकै राम्रो छ । उहाँहरूलाई बिदा, उपदान, स्वास्थ्य उपचारको सुविधा छ, जागीरको सुनिश्चितता छ, पेन्सनको व्यवस्था गरिएको छ, तर पढाइ किन हुँदैन त ?
हामीहरूले वास्तवमा तराईका स्कुलहरूको बारेमा गरेको एउटा अध्ययनको निष्कर्षले त्यही भन्छ कि–’There is hardly learning and teaching taking place in most of the public schools in Nepal.’ सार्वजनिक विद्यालयहरूमा खासै पढाइ नै हुँदैन । अब पढाइ नै हुँदैन भने निजी शैक्षिक संस्थाले के गर्न सक्छ त ? कसरी मद्दत गर्न सक्छन् ? वास्तवमा समस्या विश्वविद्यालयस्तरमा पनि त्यही हो । त्यहाँ पनि खासै पढाइ भएको देखिदैन । मलाई कस्तो लाग्छ भने कुरोको चुरो भनेकै त्यहाँ छ । सबैभन्दा खास कुरो चाहिँ शिक्षकहरू उत्प्रेरित हुनु पर्यो । शिक्षकहरू नै प्रतिबद्ध हुनु पर्यो । जस्तो कोरिया, जापानतिर तपार्इँँले हेर्नु भयो भने चाहिँ त्यहाँ शिक्षकहरू हृदयदेखि पूरा समर्पित हुन्छन् ।
शिक्षकहरूलाई हामीले कसरी प्रेरित गर्ने त ? कसरी उहाँहरूलाई सजग गराउने ? कसरी उहाँहरूलाई शिक्षण पेशाप्रति वा शिक्षाप्रति समर्पित गराउन सकिन्छ त ? त्यसका लागि स्कुललाई नै जुरुक्कै उठाउनु पर्दछ । कि हेडमास्टरले उठाउनु पर्यो, ज्ञानोदय स्कुलको धनञ्जय शर्माले जस्तो गरेर । कि स्कुलका शिक्षकहरू स्वतस्फुत जुरुक्कै उठ्नु पर्यो ।
म टोकियोमा बस्दाखेरि एउटा प्राकृतिक विद्यालयको शिक्षिकासँग हाम्रो देउसी कार्यक्रम थियो । उनको काम गरेको, कुरा गरेको, गृहकार्य गरेको देख्दाखेरि यस्तो लाग्थ्यो कि उनी पूरा समर्पित थिइन् । हाम्रा सार्वजनिक विद्यालयका शिक्षकहरूमा जुन समर्पण भाव जुन हुनु पर्ने हो त्यो पटक्कै देखिदैंन । त्यो भित्रबाट आउने कुरामा निजी शैक्षिक संस्थाहरूले कसरी मद्दत गर्न सक्छ ? निजी शैक्षिक संस्थाहरूले सार्वजनिक शैक्षिक संस्थाहरूलाई मद्दत गर्ने हो भनेदेखि शिक्षकहरूलाई मद्दत गर्नु पर्ला जस्तो मलाई लाग्छ । शिक्षकहरूलाई कसरी प्रेरित गराउने ? सायद उहाँहरूलाई पनि जुन पढ्नु पर्ने चिजहरू पाउनु भएको छैन होला । दुर्गम गाउँ बस्तीमा बसीराख्नु भएको छ । उहाँहरूले तालिम लिएको पनि ८–९ वर्ष भइसक्यो होला । त्यसपछि अरु कुनै तालिम पनि पाउनु भएको छैन होला । कुनै नयाँ पुस्तक पनि पाउनु भएको छैन होला । उहाँहरूलाई कसरी आफ्नो पेशामा उत्प्रेरित गर्ने त ? मैले विद्यालयको मात्र कुरा गरेको होइन । बाहिर जिल्लामा जाँदाखेरि क्याम्पसका साथीहरू देख्छु उहाँहरू आफ्नो क्लास लिइसकेपछि साइकल अथवा मोटरसाइकलमा सर्रर गएर आफ्नो किराना पसल हुन्छ, त्यहाँ दिनभरि गएर बस्नु हुन्छ । क्याम्पसप्रति प्रतिबद्धता नै देखिदैन उहाँहरूमा । त्यस्ता शिक्षकहरूलाई हामीले कसरी प्रेरित गर्ने त ? कसरी उहाँहरूलाई सजग गराउने ? कसरी उहाँहरूलाई शिक्षण पेशाप्रति वा शिक्षाप्रति समर्पित गराउन सकिन्छ त ? यस प्रकारका कुरा निजी शैक्षिक संस्थाहरूले सार्वजनिक शिक्षण संस्थाका शिक्षक साथीहरूसँग सहकार्य गरेर काम गर्न सक्छ भने त्यो स्कुलैपिच्छे पनि गर्न सकिएला बरु । त्यसका लागि स्कुललाई नै जुरुक्कै उठाउनु पर्दछ । कि हेडमास्टरले उठाउनु पर्यो, ज्ञानोदय स्कुलको धनञ्जय शर्माले जस्तो गरेर । कि स्कुलका शिक्षकहरू स्वतस्फुत जुरुक्कै उठ्नु पर्यो ।
सार्वजनिक विद्यालयका शिक्षकहरू झन् सक्षम छन्, झन् योग्य, तालिम प्राप्त, अनुभवी छन् । के सिकाउने त ? सिकाउने भन्ने कुरा हुँदैन । तर कुरा के हो भने उहाँहरूलाई थाह हुँदाहुँदै पनि गरी राख्नु भएको छैन । जुन नियमित पठनपाठन हुनु पर्ने हो त्यो भइराखेको छैन । जुन विद्यार्थीहरूलाई गृहकार्य दिइरहनु पर्ने हो त्यो दिइराखिएको छैन । जुन गृहकार्य जाँच्नु पर्ने हो त्यो पनि भइराखेको छैन । बेला–बेलामा विद्यार्थीहरूले के–कति प्रगति गरे जाँच लिनु पर्ने हो त्यो पनि छैन । हुनु पर्ने र गर्न सकिने काम गरी राख्नु भएको छैन ।
मलाई पनि छक्कै लाग्छ भन्या ! तलव दिएको छ, सुविधा दिएको छ, पढाइ किन हुँदैन ? छक्क त त्यो पो लाग्छ । मानौं कुनै मान्छेलाई खुवाउ पियाउ जम्मै गर्नु गरेको छ तर मोटाउँदैन दुब्लाको दुब्लै छ, झन् रोगी भइराखेको छ । त्यसमा सहकार्य गर्न सकिने भए त्यो एउटा उपाय हुन सक्छ जस्तो मलाई लाग्छ । अरु खालका सहकार्य भनेको मलाई कस्तो लाग्छ भनेदेखि सायद कति सार्वजनिक विद्यालयहरूभन्दा निजी विद्यालयहरू धनाढ्य छन्, उनीहरूसँग सम्पत्ति छ, त्यो सम्पत्तिबाट कुनै मद्दत गर्न सक्छ कि ? निजी विद्यालयको शिक्षकले सार्वजनिक विद्यालयको शिक्षकहरूलाई सिकाउने भन्ने कुरा हुन सक्दैन । सार्वजनिक विद्यालयका शिक्षकहरू झन् सक्षम छन्, झन् योग्य, तालिम प्राप्त, अनुभवी छन् । के सिकाउने त ? सिकाउने भन्ने कुरा हुँदैन । तर कुरा के हो भने उहाँहरूलाई थाह हुँदाहुँदै पनि गरी राख्नु भएको छैन । जुन नियमित पठनपाठन हुनु पर्ने हो त्यो भइराखेको छैन । जुन विद्यार्थीहरूलाई गृहकार्य दिइरहनु पर्ने हो त्यो दिइराखिएको छैन । जुन गृहकार्य जाँच्नु पर्ने हो त्यो पनि भइराखेको छैन । बेला–बेलामा विद्यार्थीहरूले के–कति प्रगति गरे जाँच लिनु पर्ने हो त्यो पनि छैन । हुनु पर्ने र गर्न सकिने काम गरी राख्नु भएको छैन । त्यो गराउने चाहिँ कसरी हो ? अर्को समस्या भनेको यहाँहरूलाई थाह छ, हाम्रा सार्वजनिक विद्यालयहरूमा आउने विद्यार्थीहरू भनेका कमजोर सामाजिक आर्थिक अवस्था भएका परिवारबाट आएका हुन्छन् । उनीहरू विद्यालयमा नियमित रूपमा आउन सकिरहेका हुँदैनन् । गयल भइरहेको हुन्छन् । यो कुरालाई कसरी सम्बोधन गर्ने भन्ने कुरा पनि छ । यस्ता समस्याहरूलाई निजी शैक्षिक संस्थाहरूले कसरी सहयोग गर्न सक्छन् ? उत्तर मसँग पनि छैन ।
वास्तवमा हामीले एउटा अध्ययन गरेअनुसार, ‘शिक्षक तालिमभन्दा पनि शिक्षक व्यवस्थापन महत्वपूर्ण पाटो हो । तालिम प्राप्त शिक्षक नभए पनि स्कुलको राम्रो व्यवस्थापन छ भने कम्तीमा नियमित रूपमा पढाइ त हुन्छ । नियमित पढाइ नभइदिने हो भने तालिम प्राप्त शिक्षक भएर के गर्ने ?’
तर कुनै–कुनै ठाउँमा चाहिँ मेरो विचारमा कस्तो लाग्छ भने व्यवस्थापनको मामलामा निजी शैक्षिक संस्थाको व्यवस्थापन सार्वजनिक विद्यालयहरूको भन्दा अलि चुस्त र फुर्तिलो छ । वास्तवमा हामीले एउटा अध्ययन गरेअनुसार, ‘शिक्षक तालिमभन्दा पनि शिक्षक व्यवस्थापन महत्वपूर्ण पाटो हो । तालिम प्राप्त शिक्षक नभए पनि स्कुलको राम्रो व्यवस्थापन छ भने कम्तीमा नियमित रूपमा पढाइ त हुन्छ । नियमित पढाइ नभइदिने हो भने तालिम प्राप्त शिक्षक भएर के गर्ने ?’ अब त्यो व्यवस्थापनको कुरा निजी शैक्षिक संस्थाहरूबाट सिक्ने हो कि ! कसरी समन्वय गर्न सकिन्छ त ? यो त मेरो विचारमा गहन छलफलको विषय होला ।
(रूपान्तरण नेपालद्वारा सार्वजनिक शिक्षा सम्वन्धी चलाइएको बहस कार्यक्रममा विशिष्ट वक्ताको रूपमा व्यक्त गरिएको विचारमा आधारित)