३ आश्विन २०८०, बुधबार

संविधानको भावना विपरितको ओली सरकारले दुरगामी निर्णय नगरोस् : देउवा



१३ जेष्ठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार संविधानको मूल मर्म र भावनाविपरीत सत्तामा आसिन रहेको बताएका छन् ।

आज (बिहिबार) एक विज्ञप्ति सार्वजनिक गर्दै सभापति देउवाले नेकपा एमालेका अध्यक्ष समेत रहेका ओली सरकारमा रहिरहने कुनै पनि नैतिक अधिकार बाँकी नरहेका स्पष्ट पारेका हुन् ।

उनले सरकारका सम्बन्धमा मुद्दा सर्वोच्चमा विचाराधिन रहेकोले संसदीय प्रक्रियालाई छलेर कुनै पनि दुरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले सरकारी संयन्त्रको दुरूपयोग नगर्नसमेत चेतावनी दिएका छन् ।

हालै प्रधानमन्त्रीलाई बुझाएको १५ बुँदे मागबारे देउवाले पुनः ध्यानाकर्षण गराएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्ति हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको