५ आश्विन २०७८, मंगलवार

अमेरिका चीन व्यापार सम्बन्ध स्थापनाको दिशामा



१३ जेष्ठ, काठमाडौं । अमेरिका र चीन बीचको लामो व्यापार युद्ध पछि चिनियाँ उप–प्रधानमनत्री लिउ हे र अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन टाइबीच पहिलो पटक सकारात्मक सम्वाद भएको छ । अमेरिकी राष्ट्रपति जो वाइडनले पदभार ग्रहण गरेपछि चीन र अमेरिका बीच भएको यो पहिलो महत्वपूर्ण संवाद हो । दुइ पक्ष बीच फोनमार्फत् यो वार्ता भएको थियो ।

वार्ता पश्चात् जारी बक्तव्यमा भनिएको छ, ‘समातना र आपसी सम्मानका आधारमा दुबै पक्षले खुल्ला, व्यावहारिक र रचनात्मक भावको आदानप्रदान गरेका छन् । दुबै देश विश्वास गर्दछन् कि दुई पक्षीय व्यापार विकास धेरै महत्वपूर्ण छ र उनीहरुले आपसी चासोका विषयहरूबारे दृष्ट्रिकोण साटासाट गरेका छन् र आगामी दिनमा संवाद जारी राख्न सहमती गरेका छन् ।’

अमेरिका र चीन सुरुमा कसले बढी फाइदा लियो भन्ने उल्झनमा परेर व्यापार युद्धमा होमिए । यसमा पूर्व राष्टपति डोनाल्ड ट्रम्पका अमेरिका पहिलो भन्ने नीतिहरू पनि जिम्मेवार थिए । तर आखिर अमेरिका र चीन बीचको व्यापार युद्धका कारण दुबै देशले निकै ठूलो क्षती भोगेका छन् ।

गत अप्रिलको अन्तसम्मका चीनले अमेरिकामा गर्ने निर्यात लक्ष्य ६४.५ अर्ब अमेरिकी डलर भएता पनि उसले केवल ४७.१ विलियन अमेरिकी डलर मात्र गर्न सक्यो । त्यस्तै अमेरिकाले अप्रिलको अन्तसम्ममा चीनमा गर्ने निर्यात ५७.४ विलियन डलर अपेक्षित रहेकोमा केवल ३४.५ विलियन अमेरिकी डलरमात्र निर्यात गर्न सक्यो ।

व्यापार युद्धले चीन र अमेरिका दुवै लुज लुज गरेको अनुभवका आधारमा आफ्ना चासोलाई यथाशक्य सम्वोधन गरी वीन वीन अवस्था सिर्जना गर्न लागि परेको देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको