१९ जेष्ठ २०८०, शुक्रबार

जङ्गेको डायरीः उपन्यास अंश



मास्टर हाई काढ्दै उठेर पछिल्तिर गयो र गुन्द्रीमा लम्पसार भयो ।

“जोहो क्या भयो मास्टर भाइ ?”

“खै क्या भनौँ जोहो काका, अल्छी या जुना ! आज जुनाकै मुखबाट केही सुन्न र जान्न पाइने भयो भन्ने लागेको थियो । त्यो उत्सुकता सेलाएपछि आफूलाई अँगाल्यो अल्छीले । अनि त निद्रा पुर्याऊँ कि भन्ने विचार आयो क्या मेरो ।” पिठ्यूँ फर्कायो मास्टरले ।

मास्टरका कुरा सुनेर जुना मुस्कुराउँदै उठी । अलि अगाडि सरेर उसले भनी, “मानौँ एक दिन हाम्रा मास्टर यो गाउँदेखि दिक्क भएर काठमाडौँ जान्छन्, उनी भाडामा कोठा लिएर बासको टुङ्गो लगाउँछन् । शिक्षाका लागि देशभरिका विद्यार्थी राजधानीमै थुप्रिएका छन् । मास्टरले कामका लागि भौँतारिनु पर्दैन, उनले तुरुन्त काम पाउँछन् । दुइटा क्याम्पसमा पढाउन थाल्छन् र पार्ट टाइममा इन्स्टिच्युटमा क्लास लिन सुरु गर्छन् । उनलाई भ्याइनभ्याई काम भएकाले केही वर्षमै थुप्रै पैसा कमाउँछन् । त्यसपछि आफ्नै ‘ज्वाला एकेडेमी अफ साइन्स’ नामक ठूलै इन्स्टिच्युट खोल्छन् । उनको रिसर्च सेन्टरमा विश्वविद्यालयका प्रोफेसरहरू पढाउन थाल्छन् । उनी आफूलाई पनि मास्टर हैन प्रोफेसर साहेब भनेको रुचाउँछन् । सुविधा सम्पन्न अपार्टमेन्टमा फ्ल्याट किन्छन् । लखरलखर हिँडेर अफिस जान लाज लाग्छ उनलाई । अत्याधुनिक कार किन्छन् । बाटोले खाने केही समय पनि जोगिन्छ उनको । मान्छेको सल्लाह दिने बानीले दिक्क भएका हुन्छन् उनी । चिया बनाउनेदेखि लिएर कपडा धुने, घरमा आएको धूलो खाइदिने, खाना पकाइदिने इलेक्ट्रोनिक्स मेसिनहरू राख्छन् घरमा । उनको साथी भनौँ वा सल्लाहकार भनेको कम्प्युटर हुन्छ ।

बिहान ठीक पाँच बजे ‘प्रोफेसरसाहेब ! उठिबक्सियोस्, हरे राम हरे सीता हरेहरे !!!’ मास्टर कसैलाई टेरून् वा नटेरून्, घडीको आज्ञा तुरुन्त पालन गर्छन् । उठ्छन् र ताली बजाउँछन्, भित्ताको घडीले भजन गाउन छोड्छ । उनको नित्य कर्म आधा घण्टाको हुन्छ । त्यो सकिएपछि एक घण्टा ध्यानमा बस्छन् । जीवनको आनन्द ध्यानबाटै प्राप्त हुन्छ भन्ने मान्यता छ उनको । त्यसपछि उनी कम्प्युटर खोल्छन् । शरीरमा कुनै रोगको सिकायत छ भने त्यसका लागि कस्तो योगा गर्ने उनी इन्टरनेटबाट विश्वका अनुसन्धाताहरूसँग सल्लाह लिन्छन् । उचित खानपिनको सल्लाह पनि इन्टरनेटबाटै पाउँछन् । काठमाडौँका राम्रा होटेल र रेस्टुरेन्टहरूले इन्टरनेटबाट पनि सर्भिस दिने गरेका छन् । मास्टर खानाका परिकारहरू इन्टरनेटबाटै हेर्छन् र आफूलाई चित्त बुझ्दो खाना मगाउँछन् । उनले आफ्नो फ्ल्याटमा अनेक किसिमका एक्सरसाइजका सामान राखेका हुन्छन् । पूरै एक घन्टा योग र व्यायामलाई दिन्छन् । साढे सात बज्छ । नास्ता खान्छन् र दिनको खानाका लागि चामल, दाल भाँडामा राख्छन् र आफू कारमा बसेर अफिस जान्छन् । उनको अफिसमा काम गर्ने थुप्रै कर्मचारी हुन्छन् । तिनै कर्मचारीहरूको रेखदेख र लेनदेनको काम हेर्छन् मास्टर । एकदेखि दुई बजेसम्म खाजाका लागि अफिस बन्द हुन्छ । मास्टर कोटको खल्तीबाट चप्पलजत्रो मोबाइल निकाल्छन् । तिनको मोबाइलमा पनि इन्टरनेटको सुविधा हुन्छ । त्यसैबाट घरको चामल र दाल राखेका भाँडा अन गर्छन् । यदि तरकारी छैन भने रेस्टुरेन्टबाटै अर्डर गर्छन् र अफिसबाट बाहिरिन्छन् । उनी आफ्नो कार नजिकै पुगेर रिमोटको बटन थिच्छन् । उनको कार बिउँझन्छ । ‘वसन्ती दैलो खोल ?’ उनको कारको नाम वसन्ती हो । त्यसले आफ्ना मालिकको स्वर चिन्छ र घर्याक्क ढोका खोल्छ । मास्टर कारमा बस्छन् । रिमोटकै बटन थिच्छन्, कारको ढोका बन्द हुन्छ । ‘सीधा आफ्नै क्वाटरमा जाऊँ ।’ उनले भन्ने बित्तिकै कार बाटो लाग्छ । कारमा उनको अफिसदेखि घरसम्मको नक्शा प्रोग्रामिङ्ग गरिएकाले बाटो देखाउनु पर्दैन । मास्टरको कारमा चारैतिर क्यामरा नामक आँखा हुन्छन् । अगाडि पछाडि दायाँ बायाँ को छ ? कति टाडा छ ? प्याँ…, कराउनुपर्ने हो कि थामिनुपर्ने हो, चौकमा रातो बत्ती बलेको छ वा हरियो भन्ने कुरा मास्टरको कारलाई सिकाउनु पर्दैन । गाडी आफ्नो ग्यारिजमा पुगेर अडिन्छ । मास्टर कारबाट झरे भने ठीकै छ नत्र उनी निदाएछन् भन्ने बुझछ गाडीले र गाउँन थाल्छ, ‘सररर…, घरमा आइपुग्यौँ ।’ सुमधुर धुनले मास्टर बिस्तारै बिउँझिन्छन् ।

आकाशमा इन्टरनेट नामको ठूलो घर छ । इन्टरनेटमा जोडिनु भनेको त्यही घरभित्र पस्नु हो । इन्टरनेटमा एकै पटक करोडौँ कम्प्युटर जोडिएका हुन्छन् । अनेकौँ काम भइरहेका हुन्छन् । सुरुसुरुमा लोकल इमेल सर्भिसको व्यवस्था थियो । त्यसका लागि बेग्लै पैसा तिर्नु पथ्र्यो । अब आएर हटमेल, याहुमेल, जिमेलजस्ता प्रोग्रामहरू वेब साइटमा उपलब्ध छन् । वेब साइटमै इमेलको खाता खोल्न पाउने भएकाले इमेलको निम्ति बेग्लै पैसा तिर्नु पर्दैन ।

खानपिनमा आधा घण्टा लाग्छ । दिनमा पनि एक घन्टा सुत्ने बानी छ उनको । पौने दुई बजे उनी सुत्छन् । पौने तीन बजे उठ्छन् र अफिस जान्छन् । सात बजे अफिस बन्द गर्छन् र घरतिर हानिन्छन् । रातिको खाना प्रायः होटेलबाटै मगाउँछन् उनी । नौ बजेसम्म ह्विस्की र अस्ट्रिचको मासुसँग झुम्छन् । अनि कम्प्युटर खोल्छन् र सीधै इन्टरनेटभित्र पस्छन् । आकाशमा इन्टरनेट नामको ठूलो घर छ । इन्टरनेटमा जोडिनु भनेको त्यही घरभित्र पस्नु हो । इन्टरनेटमा एकै पटक करोडौँ कम्प्युटर जोडिएका हुन्छन् । अनेकौँ काम भइरहेका हुन्छन् । मास्टरले इन्टरनेट जोडे भने वेब सर्वरले उनको कम्प्युटरको परिचय माग्छ । उनको कम्प्युटरले आफ्नो आइ.पी. एड्रेस दिन्छ । तब वेब सर्वरले उनलाई बस्ने ठाउँ देखाइदिन्छ । उनी आफ्नो स्थानमा बसेर इनबक्समा कुनै चिठीपत्र आएका छन् कि हेर्छन् । यदि उनी कसैलाई सूचना दिन चाहन्छन् भने खररर चिठी लेख्छन्, अनि प्राप्तकर्ताको इमेल एड्रेस लेख्छन् र सेन्ड गर्छन् । त्यो होस्टमा जान्छ । होस्टले वेब सर्वरलाई दिन्छ, वेब सर्वरको क्लाइन्ट नामक प्रोग्रामले प्राप्तकर्ताको इमेल ठेगानामा पठाइ दिन्छ । सुरुसुरुमा लोकल इमेल सर्भिसको व्यवस्था थियो । त्यसका लागि बेग्लै पैसा तिर्नु पथ्र्यो । अब आएर हटमेल, याहुमेल, जिमेलजस्ता प्रोग्रामहरू वेब साइटमा उपलब्ध छन् । वेब साइटमै इमेलको खाता खोल्न पाउने भएकाले इमेलको निम्ति बेग्लै पैसा तिर्नु पर्दैन । दुहुनु भैँसी किनेपछि पाडो सित्तैमा आउँछ भनेझैँ इन्टरनेट जोडेपछि इमेलको सुविधा त्यसैमा आउँछ । मास्टरले अरू कुनै जिज्ञासा मेटाउन चाहे भने इन्टरनेट ब्राउजर नामक किताब पल्टाउँछन् । तरुनी हेर्ने कि, गेम खेल्ने ? समाचार पढ्ने कि, अनेक किसिमका फिल्म हेर्ने ? गीत सुन्ने कि, तास खेल्ने ! के छैन इन्टरनेटमा ? मास्टरलाई भ्याइनभ्याई हुन्छ ।

काठमाडौँमा पढाउन थालेको केही वर्षमा मास्टरका विद्यार्थीहरू संसारभरि छरिन्छन् । कहिले अमेरिकाबाट फोन आउँछ त कहिले क्यानडाबाट । हाम्रा मास्टर ‘मेरै आशीर्वाद हो बाबू खुब मस्ती गर’ भन्छन् र खित्का छोडेर हाँस्छन् । उनको हितैषी जगत पनि अमेरिकामा हुन्छ । उनलाई जगतको फोटो हेरेर गफ गर्ने मन लाग्छ । उनी फोन, च्याट, इमेल, फेसबुक वा अरू माध्यमबाट भेट्ने समय मिलाउँछन् । फोटो हेरेर कुरा गर्नको निम्ति लोकप्रिय हुँदै आएको प्रोग्राम फेसबुक र स्काइप हो । फेसबुक र स्काइप चलाउनेहरू अनलाइनमा भेट्ने सबै साथीहरूको इमेल एड्रेस फेसबुक, स्काइप, लाइभ म्यासेन्जरजस्ता ब्राउजरमा राखेका हुन्छन् । नत्र आफ्नो साथी इन्टरनेटमा भएको थाहा हुँदैन । इन्टरनेटमा पसेपछि मास्टरका साथीहरूमध्ये को–कस्ले इन्टरनेट चलाइरहेका छन्, कम्प्युटरले सङ्केत दिइरहेको हुन्छ । मास्टरले कुरा गर्न खोजेको व्यक्ति जगत् पनि इन्टरनेटमा छ भने मास्टर त्यसमा क्लिक गर्छन्, क्यामरानामक झ्याल खोलेर एक अर्कालाई हेर्दै माइकद्वारा कुरा गर्छन् । स्पिकरबाट सुन्छन् । यदि माइक, स्पिकर र क्यामरा छैन भने इन्टरनेट च्याट गर्छन् ।

मास्टर आफ्नो इन्स्टिच्युटलाई बिस्तारै विदेशी पारामा लैजान्छन् । त्यसले इन्टरनेटबाटै पढ्न खोज्ने विद्यार्थीलाई इन्स्टिच्युटसम्म धाइराख्नै पर्दैन । इन्टरनेटमा ‘ज्वाला एकेडेमी अफ साइन्स’ नामको वेब साइट हुन्छ । विद्यार्थीहरू इन्टरनेटभित्र पस्छन् र ‘ज्वाला एकेडेमी अफ साइन्स’ टाइप हान्छन् । अविरल ज्वाला बलिरहेको साइट खुल्छ । आफ्नो इन्स्टिच्युटको लोगो देखेरै प्रफुल्लित हुन्छ तिनको मन । त्यसमा थुप्रै कक्षा सञ्चालन भइरहेका हुन्छन् । विद्यार्थी आफ्नो स्तरको अप्लिकेसनमा पस्छन् र पढ्न लेख्न थाल्छन् । उनलाई किताब कापीको चिन्ता गरिराख्नु पर्दैन । आफूलाई चाहिए जति ठाउँ इन्टरनेटमै किन्छन् र आफ्ना पढ्ने लेख्ने डाटाहरू सबै त्यहीँ थुपार्छन् । कम्प्युटर बिग्रेर डाटा हराउला भन्ने डर पनि भएन, न त कुनै गडबड होला भन्ने डर ! कम्प्युटर खोलेर सीधा इन्टरनेटभित्र पस्छन्, सबै काम त्यसैमा गर्छन् ।

जुन विषयमा उनले अनुसन्धान गर्न खोजिरहेका थिए, त्यसको बारेमा विश्वमा कति जना विज्ञहरूले रिसर्च गरिसकेका छन्, त्यो सबै जानकारी तुरुन्तै पाउँछन् । आफूले सोचेभन्दा कैयौँ गुणा बढी जानकारी बटुल्न सक्छन् इन्टरनेटबाटै । विश्वविख्यात विज्ञहरूको रिसर्च हेर्न पाइन्छ इन्टरनेटमा । लगभग संसारका प्रत्येक जिज्ञासाको समाधान हो इन्टरनेट ।

हाम्रा मास्टरलाई गाउँलेहरूझैँ कल्पनामै सीमित रहनु कहाँ पर्छ र ! उनलाई कुनै विषयमा अनुसन्धान गर्न मन लाग्यो रे ! उनी कम्प्युटर खोल्छन् र इन्टरनेटको सहायता लिन्छन् । गुगल, अल्टाभिस्ता, आस्कजस्ता सर्च इन्जिनमा गएर आफ्नो जिज्ञासा मेटाउन थाल्छन् । जुन विषयमा उनले अनुसन्धान गर्न खोजिरहेका थिए, त्यसको बारेमा विश्वमा कति जना विज्ञहरूले रिसर्च गरिसकेका छन्, त्यो सबै जानकारी तुरुन्तै पाउँछन् । आफूले सोचेभन्दा कैयौँ गुणा बढी जानकारी बटुल्न सक्छन् इन्टरनेटबाटै । विश्वविख्यात विज्ञहरूको रिसर्च हेर्न पाइन्छ इन्टरनेटमा । लगभग संसारका प्रत्येक जिज्ञासाको समाधान हो इन्टरनेट ।

ज्वाला एकेडेमी अफ साइन्सको विज्ञापन इन्टरनेटमार्फत् विश्वभरि फैलिएको हुन्छ । मास्टरलाई कर्मचारीको आवश्यकता पर्यो भने इन्टरनेटमै विज्ञापन गर्छन् । इन्टरनेटबाटै इन्टरभ्यु लिन्छन् र काम दिन्छन् । उनी आफ्ना विद्यार्थीहरूलाई पनि इन्टरनेटबाटै काम खोजिदिन्छन् । विश्वका विभिन्न कम्पनीहरूले आफ्नो रिक्त पदपूर्तिका लागि इन्टरनेटमा विज्ञापन गरेका हुन्छन् । विज्ञापनका निम्ति सबैभन्दा सजिलो, भरपर्दो र सस्तो माध्यम हो इन्टरनेट । ज्वाला एकेडेमी अफ साइन्सद्वारा इन्टरनेटबाट विश्वभरि अनलाइन शिक्षा दिन सुरु गर्छन् मास्टर । इन्टरनेटमा किताब, अडियो, भिडियो र नोटजस्ता अनलाइन शिक्षाले विद्यार्थीहरूलाई शैक्षिक क्षेत्रमा धेरै सहयोग पुर्याउँछ । उनका विद्यार्थीहरू विश्वभरि छरिँदै जान्छन् । अनलाइनबाटै परीक्षा लिने र परीक्षा फल पनि अनलाइनमै राख्ने गर्छन् । त्यस्तै अनलाइन सपिङ, यात्रु सेवा, बिल भुक्तानीको काम पनि इन्टरनेटबाटै गर्छन् मास्टर । धन्यवाद ।” जुनाले आफ्नो भनाइ टुङ्ग्याएर जङ्गेसँगै बस्न गई ।

इन्टरनेटमा किताब, अडियो, भिडियो र नोटजस्ता अनलाइन शिक्षाले विद्यार्थीहरूलाई शैक्षिक क्षेत्रमा धेरै सहयोग पुर्याउँछ । उनका विद्यार्थीहरू विश्वभरि छरिँदै जान्छन् । अनलाइनबाटै परीक्षा लिने र परीक्षा फल पनि अनलाइनमै राख्ने गर्छन् । त्यस्तै अनलाइन सपिङ, यात्रु सेवा, बिल भुक्तानीको काम पनि इन्टरनेटबाटै गर्छन् मास्टर ।

मास्टर जुँगा मुसार्दै थियो । जुनाको भनाइ टुङ्गिएपछि जुरुक्क उठ्यो र “वथन्ती धोधो… धोका खोल ? ए, बातो थोर त ?” अगाडि बसेको पुजारीलाई धक्क्यायो ।

मास्टरको अभिनयले कोही हाँस्दै थिए । “टाउकोमै टेक्न थाल्यो कि क्या हो ?” पुजारी करायो ।

मास्टरले पुजारीको मुखमा हेर्दै भन्यो, “पुजारी तिमी पनि काठमाण्डुमा ?”

“म मात्रै हो र ? पूरा गाउँ ठाउँ यहीँ छ ! वल्तिर–पल्तिर हेर न, अरूलाई पनि चिन्छौ कि ?” ठट्टा गर्नमा पुजारी पनि कम छैन ।

मास्टरले सबैतिर हेर्यो । अनि छातीमा हात राख्यो, शिर झुकायो र जुनाप्रति कृतज्ञता प्रकट गर्यो ।

साहित्कार थापाका थुप्र साहित्यिक कृतिहरू प्रकाशित छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको