१ असार २०७८, मंगलवार

पल शाह र रञ्जित सिंजाली अभिनित गीत ‘ब्याकुली’ सार्वजनिक (भिडियोसहित)



१३ जेष्ठ, काठमाडौं । चर्चित अभिनेता पल शाह र मोडल रञ्जित सिंजाली मगर अभिनित गीत ‘ब्याकुली’ को भिडियो सार्वजनिक भएको छ । एमएमएस इन्टरटेन्मेन्टबाट आइतबार गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा पल शाह र उषा उप्रेति अनि रञ्जित सिंजाली मगर र सुप्रिया खनाललाई जोडीको रूपमा प्रस्तुत गरिएको छ ।

रोमान्टिक शैलिको गीतका चर्चित गायिका मेलिना राई, एलिना चौहान, अजय कार्की र अबिनाश थापामगरको स्वर दिएका छन् । गीतमा सिर्जना खत्री र शिवको र्याप समेत सुन्न सकिन्छ ।

गायक समेत रहेका अजय कार्कीले गीतको शब्द लेखन, संगीत र संगीत संयोजन आफै गरेका छन् । ए–वन म्यूजिसियन स्टुडियोमा राजेश श्रेष्ठले रेकर्ड गरेको ‘ब्याकुली’को ध्वनि सम्पादन भने किशोर थापामगरले गरेका हुन् ।

राजिव समरले आफ्नो नृत्य निर्देशनमा पल, उषा, रञ्जित र सुप्रियालाई गज्जवले नचाएका छन् । रामकुमार केसीको छायाँकन र निर्देशन समेत रहेको यस गीतको भिडियो सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।

सार्वजनिक भएको ४ दिन पुरा हुँदै गर्दा युट्युवमा गीतको भिडियो १ लाख ५० हजार बढि दर्शकले हेरिसकेका छन् । गीत र भिडियोलाई लिएर उत्साहजनक प्रतिक्रिया आएको मोडल रञ्जित सिंजाली मगरले रारापाटीलाई जानकारी दिएका छन् ।

भिडियो हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु