१९ श्रावण २०७८, मंगलवार

प्रधानन्यायाधीश राणाको एकल इजलासमा संसद विघटनसम्बन्धी १९ वटा रिट सुनुवाई



१३ जेष्ठ, काठमाडौं । प्रतिनिधि सभा विघटनबारे परेका १९ रिट सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नो एकल इजलासमा राखेका छन्।

प्रधानन्यायधिश राणाले बिहीबार १९ रिटको सुनुवाइ गर्ने कुरा सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ । उनले सुनुवाइ गर्न लागेका सबै रिटमा राष्ट्रपति कार्यालय शितल निवासलाई विपक्षी बनाइएको छ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई बहुमत सांसदको हस्ताक्षर सहित समर्थन हुँदाहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त नगरेकोलगायत विषयमा सर्वोच्चमा रिट परेका छन्।

सर्वोच्चमा प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै निरन्तरता दिनु पर्ने दावी सहितका ४ वटा रिट पनि परेका छन्। प्रतिनिधि सभा पुनर्स्थापना भए पनि ओलीलाई नै निरन्तरता दिनुपर्ने मागसहित गरिएको रिट दायर गरिएको छ।

सर्वोच्च अदालतका अनुसार कांग्रेस सभापति देउवासहित १४६ सांसदले हालेको सहित ११ वटा रिटको सुनुवाइ शुक्रबार संवैधानिक इजलासमा हुने जनाएको छ। यी रिट हाल्दाखेरी नै संवैधानिक इजलासमा सुनुवाइ हुनु पर्ने माग राखिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु