९ आश्विन २०८०, मंगलवार

कोरोनाबाट पूर्व सांसद रत्नप्रसाद शर्माको निधन



१३ जेष्ठ, काठमाडौं । जाजरकोट जिल्लाबाट २०५६ सालमा निर्वाचित सांसद रत्नप्रसाद शर्मा न्यौपानेको कोरोना संक्रमणबाट निधन भएको छ । उनको बुधबार राती करिव ११ बजे कोरोनाका लागि विशेष रूपमा स्थापना गरिएको काठमाडौंको बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पताल निधन भएको हो ।

नेकपा एमाले प्रदेश कमिटीका सदस्य न्यौपाने अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष एवम् कर्णाली प्रदेशका इन्चार्जको जिम्मेवारीमा थिए । जाजरकोटी जनताको प्रतिनिधिका रूपमा न्यौपाने २०५६ देखि २०६४ सालसम्म प्रतिनिधिसभा सदस्य भएर काम गरेका थिए। जाजरकोटी जनताको लोकप्रिय मतले प्रतिनिधिसभामा निर्वाचित हुँदा उनी ३३ वर्षको युवा थिए ।

नेकपा (एमाले) जाजरकोटका इञ्चार्ज भैरवसुन्दर श्रेष्ठले उहाँको निधनबाट हाम्रो पार्टी र देशलाई ठूलो क्षति भएको र लामो समयसम्म उहाँको अभाव खट्कीररहने बताएका छन् ।

उच्च शिक्षामा बिज्ञान, अर्थशास्त्र र कानुनको अध्ययन गर्नुभएका न्यौपाने निरन्तर गाउँवस्तीहरुमा राजनीतिक जागरण र सामाजिक काममा तल्लिन थिए । उनी सरल ब्यक्तित्व र निष्ठावान राजनीतिक कर्मले विश्वास गर्ने नेता थिए । न्यौपानेका परिवारमा श्रीमतीसहित २ छोरा र बुवा–आमा समेत रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको