३१ भाद्र २०८०, आईतवार

एमालेलाई जेठ २ मा फर्काएर एकतालाई जोगाउन अन्तिम प्रयत्न हुनेः गोकर्ण विष्ट



१३ जेष्ठ, काठमाडौं । नेकपा (एमाले)का सचिव एवम् युवा नेता गोकर्ण विष्टले पार्टी र जनसंगठनका सबै तहका कमिटीहरुलाई २०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन आफ्नो तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहने बताएका छन् ।

उनका अनुसार राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्दछ ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् लेखेका छन्, ‘नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरुलाई २०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन हाम्रो तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ । राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्दछ ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको