भारतीय यास चक्रपातले मच्चाइरहेछ विध्वंस, नेपालमा पनि खतराको सम्भावना
१२ जेष्ठ, काठमाडौं । बंगाल खाडीबाट उडिसा, वंगालमा बज्रिएको यास चक्रपातका कारण करिव १ करोडभन्दा बढी जनता प्रभावित भएका छन् भने ३ लाख घर ध्वस्त भएका छन् । यासका कारण बंगालमा एक जना र उडिसामा तीन जनाको ज्यान गएको छ । यास उडिसाको धम्रा पोर्टमा बज्रिएको हो ।
करिव १३० देखि १४५ किमी प्रतिघण्टाका दरले हावासँग आइरहेको आँधीले घरहरू ध्वस्त गर्नुका साथै बाढी र डुवानमय हुन गएको छ । यस क्रममा ३.८ म्याग्निच्युचको भूकम्प समेत गएको थियो । पश्चिम बंगालको मिडनापुरमा ७ सय मानिसलाई भारतीय आर्मीले उद्दार गरेको छ ।
यो आँधी विस्तारै उत्तर पश्चिम दिशातर्फ बढ्ने छ र यसले झारखण्ड, विहार लगायतका राज्यमा समेत प्रभाव पार्नेछ । यो आँधीसँग जुझ्न झारखण्डमा पनि करिव १० हजार मानिसहरुलाई सुरक्षित स्थानमा अवतरण गरिएको छ ।
यास चक्रपातका कारण नेपालमा पनि भारी वर्षा र बाढी पहिरोको खतरा रहेकोले मौसम पूर्वानुमान महाशाखाले सचेत रहन सूचना जारी गरेको छ ।