१ आश्विन २०७८, शुक्रबार

एनआरएनले कर्णाली प्रदेशमा अक्सिजन प्लान्ट सहयोग गर्ने



१२ जेष्ठ, काठमाडौं । गैह्र आवासिय नेपाली संघले सबै प्रदेशलाई एक एकवटा अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्ने निर्णय गरे अनुरुप कर्णाली प्रदेशमा पनि प्लान्ट स्थापनाका लागि छलफल सुरु गरेको छ ।

प्लान्ट स्थापना गर्नका लागि टेक्निकल सम्भाव्यता र आवश्यकताका लागि डा. नवराज के.सी. र डा. राजेश शाह सहितको टिमले प्रस्तावित नयाँ आइसियु कक्षमा स्थापना गर्नका लागि एक टेक्निकल डिटेल रिपोर्ट प्रस्तुत गरेको छ ।

विदेशमा भएका कर्णालीवासी र शुभचिन्तकहरूले एनआरएन कर्णाली सहयोग समूहका नाममा कर्णालीलार्इ सहयोग गर्न विभिन्न छलफल गर्दै आएका छन् ।

एनआरएनका सल्लाकार डा. पुरु श्रेष्ठ, डा.कुश श्रेष्ठ, डा. उत्तम गौली, बखत भण्डारी लगायतले यो कामको समन्वय गरिरहनु भएको छ । एनआरएनले पहिलो राउण्डमा पठाएका ६०० सिलिण्डर मध्ये समानुपातिक भागमा परेका केही सिलिण्डर कर्णालीमा पठार्इ सकिएको छ । कर्णालीमा सिलण्डर पठाउने सन्दर्भमा एनआरएनका अध्यक्ष कुमार पन्तका अनुसार एनआरएनको कर्णाली जस्तो पछि परेको प्रदेशलाई एनआरएन बढी सहयोग गर्न उत्सुक रहेको छ ।

यसैगरी एनआरएन अफ्रिकाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि २० थप सिलिण्डर पठाउने अन्तिम तयारी भएको छ ।

यही जेष्ठ १२ गते एनआरएनसँगको भर्चुअल बैठकमा डा. पुरु श्रेष्ठ–अमेरिका, डा. कुश कुमार श्रेष्ठ–अष्ट्रेलिया, त्रिलोक गुरुङ–चीन (हङकङ), हिक्मत थापा–नाइजेरियाको एनअआरएनका तर्फबाट सहभागिता थियो भने प्रदेश अस्पतालबाट डा. नवराज केसी र डा. राजेश शाहको उपस्थिति थियो । बैठकमा कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र बहादुर शाही र कर्णाली सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीको पनि सहभागिता रहेको थियो ।

बैठकमा प्लाण्ट काठमाडौंबाट वीरेन्द्रनगर ल्याउने स्थापनास्थलको पूर्वाधार र जडानको कार्य प्रदेश सरकारले गर्नुपर्ने विषयमा छलफल भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको