१ आश्विन २०८०, सोमबार

गुणस्तरीय शिक्षाका लागि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको क्रान्तिकारी कदम



१२ जेष्ठ, काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले उच्च शिक्षामा सुधार गर्न एक क्रान्तिकारी कदम उठाएको छ । विश्वविद्यालय शिक्षालाई गुणस्तरीय र विश्वस्तरीय बनाउन पढाउने शिक्षक कस्ता हुन्छन् भन्ने कुराले निकै महत्व राख्दछ । अझ कर्णाली जस्तो स्थानमा राम्रो प्राध्यापकहरू पाउन कल्पनाको विषय मात्र हुन जान्छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले २५ जना प्राध्यापक सिधै छनौंट गर्ने गरी संसारका विभिन्न विश्वविद्यालयबाट पिएचडि र पोष्ट डक्टरेट गरेका व्यक्तिहरूलाई आवेदन खुला गरेको छ । उनीहरूले अन्तर्राष्ट्रिय जर्नलमा ७ बटा लेखहरू प्रकाशित यस्ता विज्ञहरूलाई विना परिक्षा सिधै प्राध्यापक दिने गरी आवेदन खुला गरिएको छ । वन शिक्षा, इन्जिनियरिङ, सामाजिक विज्ञान, अनुसन्धान र विकास, व्यवस्थापन, विज्ञान प्रविधि लगायतका विषयमा आवेदन माग गरिएको छ ।

नेपालमा विश्वविद्यालयमा भनसुन र सिफारिसमा विश्वविद्यालय छिर्ने, नाम मात्रका परिक्षा र बढुवामा आधारित भएर प्राध्यापक हुने प्रचलन रहेको पाइन्छ । पछिल्लो बेला विश्वविद्यालयमा भएको राजनीतिकरण यसलाई झनै मलजल दिएको छ । क्षमता भएका विश्वव्यापी शैक्षिक प्रतिभाहरूलाई सिधै प्राध्यापक बनाउने गरी गरिएको यो प्रथम प्रयास हो । विश्वस्तरीय विश्वविद्यालयबाट पिएचडि र पोष्ट डक्टरेट गरेका व्यक्तिहरुलाई जर्नलमा प्रकाशित लेखलाई नै सबैभन्दा बढी अङ्क दिइएको छ ।

अनुसन्धान परियोजनाको नेतृत्व, शैक्षिक अनुभव र भिजन पेपरलाई पनि थप अङ्क प्रदान गरिएको छ भने अन्तरवार्तामा उपकुलपतिले केवल ५ नम्बर मात्र दिन सक्ने प्रावधान राखिएको छ । यस मापदण्डले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा युवा, दक्ष र अनुसन्धान गर्न सक्ने र अनुकरणीय प्राध्यापकहरूले नियुक्ती पाउने अपेक्षा गरिएको छ । छनौटमा भनसुनको खासै अर्थ रहने छैन र विषयमा योग्य ब्यक्तिले आफ्नो अङ्क अनुसार सिधै छनौटको आधार तय हुनेछ ।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहका भनाइ छ, ‘यसरी छनौट गरी प्राध्यापन ल्याउने नामी विश्वविद्यालयको अभ्यासलाई नेपालमा आफुले पहिलो पटक प्रयोग गरेको र यो विधिमा जानका लागि विविध अड्चनका बाबजुत आफुले निकै प्रयास गर्नु पर्यो । यसमा संसारभरीका राम्रा विश्वविद्यालयबाट पिएचडि र पोष्ट डक्टरेट गरेका धेरै मानिसहरूले आवेदन दिन थालेका र कर्णालीमा आउन चासो व्यक्त गरेको छन् ।’

विज्ञापनमै लेखिएको छ, ‘फर्क हो फर्क नेपाली पुरा गर्न राष्ट्रको सपना ।’ संसारका नामी विश्वविद्यालयबाट पिएचडि र पोष्ट डक्टेरेट गरेका व्यक्तिहरूलाई विशेष अवसर शिर्षकमा यो विज्ञापन गरिएको छ । १० दिन भित्र आवेदन मागि छरितो तवरले यी प्राध्यापकहरूको छनौंट हुन गइरहेको छ । अपेक्षा गरे अनुरुप कर्णालीमा यस्ता प्राध्यापकहरू आउन सके भने गुणस्तरीय शिक्षा रूपान्तरणका लागि यो नेपालकै नमुना मोडल र कोशेढुङ्गा बन्न सक्दछ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको