१५ मंसिर २०७८, बुधबार

नेपाललाई थप १० लाख डोज खोप अनुदान दिने चिनियाँ राष्ट्रपतिको घोषणा



१२ जेष्ठ, काठमाडौं । चीनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई थप १० लाख डोज कोरोना खोप अनुदानस्वरू दिने घोषणा गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार दिउँसो टेलिफोन सम्वाद गरेलगत्तै चिनियाँ राष्ट्रपति सीले यस्तो घोषणा गरेको काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिइन् ।

यसअघि कोरोनाको पहिलो लहरको क्रममा चीनले नेपाललाई कोरोनाविरूद्धको ८ लाख डोज खोप अनुदान दिएको थियो ।

राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालका अनुसार बुधबार दिउँसो राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङसँग पौने घन्टा टेलिफोन वार्ता गरेकी थिइन् । कुराकानीका क्रममा राष्ट्रपति भण्डारीले नेपाल सबै नेपालीलाई पुग्ने खोप चीनबाट किन्न इच्छुक रहेको उल्लेख गर्दै त्यसका लागि पहल गरिदिन अनुरोध गरेकी थिइन् ।

जवाफमा राष्ट्रपति चिनफिङले नेपालजस्तो मित्र राष्ट्रलाई सहयोग गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको