१ आश्विन २०८०, सोमबार

नेपालगञ्ज डायरी



परपट्टि मधेसी बस्ती, त्यस समय देशी गाऊँ भनिन्थ्यो, त्यहाँ खुब जोडले बज्ने स्पिकर । म भर्खर दैलेखबाट झरेको केटोलाई नौलो नलाग्ने कुरै भएन, त्यसमाथि हिन्दी गीत मैले नबुझे पनि खुब आनन्दले सुन्थे । एकोहोरो हुन्थेँ, त्यो शहरको रमझम र व्यस्तता देखेर । त्यसबेला नेपालगन्जमा रिक्सा, साईकल, टाँगा खुब चल्थ्यो । मानिसहरू रुपैडिहासम्म टाँगामा गएर दैनिक उपभोग्य सामान किनमेल गर्थे । भर्खर गाऊबाट झरेको मलाई साईकल चलाउन आउने कुरै भएन । भरत दाईले साईकल चलाएको देखेर खुब लोभिन्थे म, घरि ह्यान्डल छोडेर चलाउने, घरि खुट्टा स्वाट्ट ह्यान्डलमा राखेर चलाउने । अझ पिचबाटो भयो भने त झन नागबेली आकारमा चलाएर मान्छेको सातो लग्दिने । सिक्ने रहर मभित्र पनि पलाइसकेको थियो । खट्न नसकी दाइलाई भने; दाईले पनि खुब राम्ररी सिकाई दिए । स्कुल जान आउन साईकल नभई नहुने, भरत दाई र सम्झना दिदि सिंगल साईकलमा, म र राजेश भाई एउटा साईकलमा चढ्थ्याँै । फेरी भरत दाई अलि स्टाईलिस उनलाई साईकल एक्लै चढ्न मन पर्ने, अनि हामीलाई बिभिन्न स्टन्ट देखाउने, अनि फेरि म त्यहि नक्कल गर्न खोज्ने ।

अहिलेको सेतु बि.क. चौकभन्दा दक्षिणतिर मात्र न्यू रोड बजार बनेको थियो । उत्तरपट्टिको सबै खालि जग्गा, बाटो, नहर र केहि स–सान घुम्ति पसलहरू थिए । नहरहरूमा स–साना फलेकहरू राखिएका थिए, सधै ति फलेकहरू तर्ने बेला राजेश झर्थ्यो तर त्यो दिन मैले जिद्बि गरे, ह्या म तारिहाल्छु नि, झ्याम्मै नहरमा, दाजुभाई लगभग पुरै भिज्यौ, भरत दाई खुब हाँसे, राजेश रिसायो, मलाई त्यो फलेक कटाउन नसकेकोमा नमज्जा लाग्यो ।

बसपार्क एरिया अहिलेको जस्तो व्यवस्थित थिएन, धुलाम्य बसपार्क स–ससाना पसलले घेरिएको ठाँउ थियो । बसपार्कबाट अलिक पर थियो ठुलो ममिको घर । स्कुल जाँदा हामी बसपाकबाट न्यू रोड त्रिभुवन चौक हुँदै जान्थ्यौ । अहिलेको सेतु बि.क. चौकभन्दा दक्षिणतिर मात्र न्यू रोड बजार बनेको थियो । उत्तरपट्टिको सबै खालि जग्गा, बाटो, नहर र केहि स–सान घुम्ति पसलहरू थिए । नहरहरूमा स–साना फलेकहरू राखिएका थिए, सधै ति फलेकहरू तर्ने बेला राजेश झर्थ्यो तर त्यो दिन मैले जिद्बि गरे, ह्या म तारिहाल्छु नि, झ्याम्मै नहरमा, दाजुभाई लगभग पुरै भिज्यौ, भरत दाई खुब हाँसे, राजेश रिसायो, मलाई त्यो फलेक कटाउन नसकेकोमा नमज्जा लाग्यो । तै पनि राजेशलाई दोष दिदै मैले भने; त हल्लिएर त हो नि सिधा बस्न सक्थिनस त? सम्झना दिदि र भरत दाई स्कुल गए हामी दाजुभाई निथु्रक्क झिजेर घर फर्क्यौ ।

शनिबार आयो भने हामी सबै खुशी, प्रायः घरमा डिभिडी प्लेयर भाडामा लिएर फिल्म हेर्ने अनि पैसा मिल्यो भने फिल्म हलतिर गइहाल्ने । शनिबारको बिहानि सो हेर्न बागेश्वरीहल कुदिहाल्ने हामी । अन्धकार हलमा लाईट बाल्दै हिँडिरहेको मान्छेले हामी तिन दाजुभाईलाई एक लस्करमा बसाइदियो । अनि सुरु भयो फिल्म ‘पापि मान्छे’ । निखिल उप्रेति त्यसबेला खुब चलेका नायक, फिल्ममा निखिल उप्रेति र राजेश हमाल छन् भने पछि हामी हुरुक्कै हुन्थ्यौँ ।

शनिबार आयो भने हामी सबै खुशी, प्रायः घरमा डिभिडी प्लेयर भाडामा लिएर फिल्म हेर्ने अनि पैसा मिल्यो भने फिल्म हलतिर गइहाल्ने । शनिबारको बिहानि सो हेर्न बागेश्वरीहल कुदिहाल्ने हामी । विद्यार्थीलाई छुट हुने, प्रति टिकटको रुपैयाँ बीस मात्र, हामी पनि तयार भयौँ । साईकल हुईकाउदै पुग्यौ बागेश्वरी हल, साईकल राख्ने ठाँउको अभाव, बिच–बिचमा छिराएर लक लगाएर राख्यौँ । छिर्याँै हल भित्र, पर्दामा पछि प्रदर्शन हुने चलचित्रहरूको प्रोमो चलिरहेको थियो । हलभित्र सिठ्ठि, ताली र हुटिङ्ग गुन्जिरहेको थियो । अन्धकार हलमा लाईट बाल्दै हिँडिरहेको मान्छेले हामी तिन दाजुभाईलाई एक लस्करमा बसाइदियो । अनि सुरु भयो फिल्म ‘पापि मान्छे’ । निखिल उप्रेति त्यसबेला खुब चलेका नायक, फिल्ममा निखिल उप्रेति र राजेश हमाल छन् भने पछि हामी हुरुक्कै हुन्थ्याँै । समयावधि भर हामी दाजुभाई एक अर्को सँग नबोली एकाग्र भएर फिल्म हेरी रह्यौ । फिल्मका कारुणिक दृश्यमा खुब रोयौँ र कमेडि दृश्यमा हास्याँै पनि । दोस्रो हाफमा राजेश हमालको इन्ट्रीले हल भरी ताली, हुटिङ्ग ओहो ! त्यस्तो सम्मान कस्ले पाउदो हो ? फिल्म सकियो, हलबाट निस्कियौँ र अझैपनि हामी एक अर्कोसँग बोलेनौ, ति दृश्यमा हामी यति रोएछौ कि हाम्रा परेला भिजेका थिए र गला अवरूद्ध । फिल्म हेरेर फर्किए पछि अर्को काम हुन्थ्यो, सबैलाई कहानी बताउनु । फेरी आईतबार स्कुल गएर कहानी सुनाउन कस्तो आनन्द । प्रायः हामीले हेरेका फिल्मको कहानी भरत दाईले नै सुनाउथे अनि हामी बिच बिचमा थप्दै जान्थ्यौ, त्यसपछि त्यो हिरोले यसरी हान्यो, गुन्डा यसरी पछारीयो । यस्तै यस्तै अरु पनि…….।

एक पटक हामी रुपैडिहा पुगेका थियाँै, हामी पढ्ने स्कुलका हेडमास्टर (जसलाई भारत निवासी भनेको सुन्थ्यौँ, हामी) काधमा राईफल भिरेर साईकलमा गइरहेका थिए, दाई र मलाई के सुर चल्यो खै, हामी उनैको पछि पछि कुद्यौँ । उनि एउटा खरै खरले छाएको घर भित्र छिरे, हामी फर्कियौँ । तर पछिसम्म पनि अचम्म लागिरह्यो कि उनी किन बन्दुक बोकेर हिडेका होलान् त्यो पनि भारतमा ?

विदाका दिनहरूमा फिल्म हलबाट फर्के पछि प्रायः भरत दाई र म रुपैडिहा जान्थ्यौँ, त्यसमा घरायसी सामान किन्ने बहाना हुन्थे तर भित्रि उद्येश्य रुपैडिहासम्म, त्यो खुल्ला बाटोमा साईकल कुदाउदै घुम्ने हुन्थ्यो । पुष्पलाल चौक देखि बि.पि. चौकसम्मको रिक्सा र टाँगाको भिड छिचोलिसके पछि सुरु हुन्थ्यो हाम्रो असली रेश । खुल्ला चौडा सडक प्रायः खाली हुने ति सडकमा भरत दाईले विभिन्न स्टाईलमा साईकल चलाउथे र म पछ्याउने कोशिस गर्थे । हामी साइकल कुदाउदै रुपैडिहाको पर–पर रेल स्टेशनसम्म पुग्थ्यौँ । त्यहाँ रेल चढ्न तयार भएका नेपालीहरूको बिजोग हेथ्र्यौँ । म मनमनै विचार गर्थे कहाँ पुग्छन् होला ? खुब हेपिएका जस्ता देखिन्थे ति मान्छेहरू, मैला लुगा लगाएका तिनिहरूका दुःख पिडा आँखामा देखिन्थे । हामी त्यहाँको भिड, रेल चढेर जाने सुकिला मान्छे हेरेरभने लोभिन्थ्यौ, जब रेलको चर्को हर्न बज्थ्यो खुब रमाउथ्याँै पनि । एक पटक हामी रुपैडिहा पुगेका थियाँै, हामी पढ्ने स्कुलका हेडमास्टर (जसलाई भारत निवासी भनेको सुन्थ्यौँ, हामी) काधमा राईफल भिरेर साईकलमा गइरहेका थिए, दाई र मलाई के सुर चल्यो खै, हामी उनैको पछि पछि कुद्यौँ । उनि एउटा खरै खरले छाएको घर भित्र छिरे, हामी फर्कियौँ । तर पछिसम्म पनि अचम्म लागिरह्यो कि उनी किन बन्दुक बोकेर हिडेका होलान् त्यो पनि भारतमा ? रुपैडिहाबाट फर्किदा धम्बोजिको चार्टमा, चटपटेमा खुब झुम्थ्याँै, आँखाबाट आँशु आउथ्यो तर हामी खाईरहन्थ्याँै ।

नेपालगन्जमा स्पिकरमा गीत खुब बज्थे, हिन्दीको प्रभाव खुब थियो, रेडियो बागेश्वरी, भेरी एफ.एममा पनि धेरै हिन्दी गीत बज्थे । त्यसको प्रभाव म मा पनि छिट्टै पर्यो । बिस्तारै म पनि टुटेफुटेको हिन्दि बोल्ने र हिन्दि फिल्म हेर्ने पनि भैसकेको थिए । त्यसताका तेरेनाम, मुझ से शादी करोगि जस्ता फिल्मका गितहरूले तहल्कै पिटेका थिए । हामी पनि तिनै गीतमा खुब झुम्थ्याँै । ठुलो ममिको घर नजिकै एउटा बोर्डिङ स्कुल थियो । त्यहाँ वार्षिक उत्सवको लागि डान्स रिहर्सल भैरहन्थ्यो । हामी पनि हेर्न पुग्थ्याँै । त्यहाँ नाच्नेहरूले खुब राम्रो नाच्थे सायद फिल्मका हिरोइन भन्दा राम्रो, यस्तो लाग्थ्यो मलाई । एक केटी थिईन त्यो डान्स ग्रुपमा, सायद उनि डान्स टिचर हुनुपर्छ । सबै एउटै लस्करमा उभिन्थे अनि स्पिकरमा बज्थ्यो, ओढनी ओढ़ के नाचूं, ओढनी…के आज के दिल परदेसी हो गया, उनि खुब कम्मर मर्काउथिन् म त हुरुक्कै हुन्थें । म एकोहोरो हरिरहन्थें । सायद, ति दिनहरूमा पनि मन लोभिन्थ्यो तर कोहिसँग नबोल्ने, त्यो पनि केटिसँग त खुब लजाउथे म ।

नेपालगन्जमा गर्मीका दिनहरूमा बरफ (आईसक्रिम) को खुब व्यापार हुने । ठुलो ठुलो आवाजमा प्वा…..प्वा…… गर्दै साईकल आईपुग्थे । अनि हामी झुमिन्थ्याँै, दुई रुपैयाको बरफ खान । फरक–फरक रंगका बरफ हुन्थे, हामी छानि–छानि खान्थ्याँै । अनि बेला मौकामा महेन्द्र पार्क घुम्न पुग्थ्यौँ । चन्चले भरत दाई र म, त्रिभुवन चौकतिरका गल्लिहरूका भिडमा रिक्सा र साईकलको यति हुने कि मान्छे छिर्नै नसक्ने भिड । त्यसैमा हामी प्रतिस्पर्धा गर्दै कुदाउथ्यौँ साईकल, भिडसँग जुध्दै कुद्थ्याँै पर–पर सम्म निस्फिक्रि, निरन्तर……………….।
समाप्त


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको