१ आश्विन २०८०, सोमबार

ओलीलाई ठुलो झड्काः सुदूरपश्चिममा एमालेले सरकारको समर्थन फिर्ता नलिने



१२ जेष्ठ, काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको निर्णयलाई अवेज्ञा गर्दै एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारबाट तत्काल समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।

सोमबार एमालेको स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिए तापनि बुधबार विहान बसेको दलको बैठकले तत्काल समर्थन फिर्ता नलिने निर्णय गरेको प्रदेशसभा सदस्य सांसद दिर्घ सोडारीले जानकारी दिए ।

सोमबारको एमाले स्थायी कमिटी बैठकले एमालेबाट मन्त्री भएकाहरूलाई २४ घण्टाभित्र फिर्ता नभए कारबाही गर्ने चेतावनीसहित निर्देशन गरेको थियो । ५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २५ जना रहेका छन् । सभामुखबाहेक २४ जनामा नेपाल पक्षका १८ जना र ओली पक्षका ६ जना प्रदेश सभा सदस्य छन् ।

एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षको बहुमत रहेको सुदूरपश्चिम प्रदेश संसदीय दलले केन्द्रलाई चुनौती दिएको हो । यदि पार्टी केन्द्रले नेपाल पक्षमा प्रदेश सांसदमाथि कारबाही गरेमा सुदूरपश्चिम सरकार संकटमा पर्ने छ । त्यस अवस्थामा विपक्षी दल नेपाली काँग्रेसको समर्थनमा माओवादी केन्द्रको नै सरकार बन्ने सम्भावना रहन्छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको