२४ श्रावण २०७९, मंगलवार

मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली इराक प्रस्थान



१२ जेष्ठ, काठमाडौं । इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली कतार एयरवेजबाट मंगलबार राति इराक प्रस्थान गरेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले यही १५ जेठमा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ । सो खेल खेलेपछि नेपाली टोली फिफा विश्वकप छौंट प्रतियोगिता खेल्न इराकबाट कुवेत जाने एन्फाले बताएको छ । एन्फाले इराक जानुअघि नेपाली टोलीको पीसीआर परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।

एन्फाले समूह बी मा रहेको नेपालले विश्वकप छनौंट अन्तर्गत २० जेठमा चाइनीज ताइपेइ, २४ जेठमा जोर्डन र २८ जेठमा अष्ट्रेलियासँग खेल्ने कार्यक्रम रहेको बताएको छ । विश्वकप छनौंटमा नेपालले हालसम्म ५ खेलमा १ खेलमा जित तथा ४ खेलमा हार व्यहोरेको थियो ।

पहिलो चरणमा ३२ जनालाई बन्द प्रशिक्षणमा सहभागी गराइएकोमा राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मैत्रीपूर्ण खेल, विश्वकप छनौंट र एसियन कप छनौंटका लागि नेपालका २३ खेलाडी छनौंट गरेका हुन् ।

नेपाली फुटबल टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की, डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास, मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज ज्यू ठकुरी, पुजन उपरकोटी र आयुष घलान तथा फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको