५ आश्विन २०७८, मंगलवार

चीनको छेन्दुमा नेपालको महावाणिज्य दूतावास स्थापना



१२ जेष्ठ, काठमाडौं । चिनको दक्षिण–पश्चिमी प्रान्त सिचुवानको राजधानी छेन्दुमा नेपालले महावाणिज्य दूतावास स्थापना गरेको छ। सोमबार चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे र सिचुवान प्रान्तका उप–गभर्नर ली युन्जेले संयुक्त रूपमा महावाणिज्य दूतावासको उद्घाटन गरेका हुन्। उदघाटन कार्यक्रममा सिचुवान प्रान्तका चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरू र छेन्दु नगरका मेयरको पनि उपस्थिति थियो।

उद्घाटनकार्यक्रममा बोल्दै राजदूत पाण्डेले भने, ‘आजदेखि सञ्चालनमा आएको महावाणिज्य दूतावासले दुई देशको सहकार्यमा थप योगदान दिँदै नेपाल–चीन सम्बन्धलाई अँझ मजबुद् बनाउने छ ।’ महावाणिज्य दूतावासको स्थापनाले दुई पक्षीय व्यापार, लगानी, पर्यटन र जनता–जनताबीचको सम्बन्धलाई सहज बनाउन सहयोग पुग्ने कुरा सिचुवानका उप–गभर्नर युन्जेले बताए।

तीन जना कर्मचारी रहने महावाणिज्य दूतावासमा दिनेशकुमार घिमिरे महावाणिज्य दूत रूपमा रहेका छन्। यसअघि चीनको ल्हासा र ग्वान्जाओमा नेपालका महावाणिज्य दूतावास स्थापना भइसकसेका छन्।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको