१५ मंसिर २०७८, बुधबार

कारोना महामारीका बीच टोकियो ओलम्पिक–२०२१ सम्भव होला ?



११ जेष्ठ, जापान । गत वर्ष जापानमा हुने भनिएको बहुप्रतिक्षित टोकियो ओलम्पिक–२०२० विश्वव्यापी कोरोना महामारीका कारण अन्तिम समयमा सारिएको थियो । यस वर्ष २३ जुलाई– ८ अगष्टसम्म गर्ने भनी पुनः तयारी गरिएको टोकियो ओलम्पिक–२०२१ कोरोना महामारीको दोस्रो लहरका कारण गर्न सकिने वा नसकिने अन्यौैलता सिर्जना भएको छ ।

जापानिज डेलीले गरेको एक सर्वेक्षण अनुसार ५९ प्रतिशत उत्तरदाताहरूले आम सर्वसाधारण र खेलाडिहरूबाट कोरोना संक्रमणको जोखिमका कारण टाकियो ओलम्पिक रद्द गर्नु पर्ने अभिमत दिएका छन् ।

महिला टेनिस एसोसिएशनले १ स्थानमा राखिएकी जापानी टेनिस खेलाडी नाओमी ओसाकाले यस्तो अवस्थामा कसरी ओलम्पिक गेम्स गर्न सकिएला भनी आशंका व्यक्त गरेकी छन् । उनले बिबिसीसँग कुरा गर्दै भनेकी छन्, ‘एउटा खेलाडिका हिसावले भन्नु पर्दा यो हाम्रा लागि महाउत्सव हो, म खेलमा भाग लिन चाहन्छु । त्योभन्दा ठुलो म मानव हुनुका नाताले विश्वव्यापी कोरोनाका महामारीका बीच आम जनताको स्वास्थ्य र जीवन सुरक्षित होस् भन्ने कुरा मुख्य प्राथमिक विषय हो भन्ने ठान्छु ।’

त्यस्तै ओलम्पिकमा ४ पटक स्वर्ण पदक विजेता टेनिस खेलाडि सेरिना विलियम्सलाई ओलम्पिक गर्न सम्भव छ वा छैन भनी सोधिएको प्रश्नमा उनले यस्तो बेलामा आफू आफ्नो ३ वर्षिया छोरी बिना एकछिन पनि बस्न नसक्ने कुरा आफैमा उत्तर भएको कुरा बताइन् ।

जापानका शिर्ष राजनीतिक नेतृत्व तहले पनि कोरोनाको कहरका बीचमा ओलम्पिक गर्ने वा नगर्ने भन्ने विषयमा निकै सुझबुझका साथ निर्ण लिनु पर्ने बताएका छन् । किनभने यो २–४ सय जनाको बीचमा गरिने इभेण्ट नभई दशौं हजार खेलाडि तथा खेलप्रेमीहरूका बीचमा गरिने विश्वको सबैभन्दा प्रतिष्ठित खेलकुद प्रतिस्प्रर्धा हो ।

यस्तो जटिल परिस्थितीका बीचमा ओलम्पिक गेम्स निर्धारित मितिमै गर्ने, केहि समय सार्ने वा रद्द गर्ने विषयमा जापानले छिट्टै नै सोच विचार गरी विवेकपूर्ण एउटा निचोड पुग्नेछ भन्ने आशा गरौं ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको