६ आश्विन २०७८, बुधबार

कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक



११ जेष्ठ, काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रको केन्द्रमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन् ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले बुढानिलकण्ठस्थित निवासमा बुधबार बिहान ९ बजेका लागि बैठक बोलाएका हुन् ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा १४ औं महाधिवेशन तयारीबारे छलफल हुने बताइएको छ ।

गत शुक्रबार १४९ जनाको हस्ताक्षर लिएर राष्ट्रपतिसमक्ष प्रधानमन्त्री नियुक्त गर्न दाबी पेश गरेका देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरिनन् । उनले सरकारको सिफारिसमा फेरी शुक्रबार मध्यराति प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

आफूलाई बहुमत सदस्यको साथ रहेकाले प्रतिनिधि सभाबाटै वैकल्पिक सरकार गठन हुन सक्ने भन्दै देउवासहित विपक्षी गठबन्धनका सांसद सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । प्रतिनिधिसभा पुर्नस्थापना गरी देउवालाई प्रधानमन्त्री नियुक्त गरियोस् भन्दै सर्वोच्च अदालतमा २७ वटा रिट दर्ता भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको