५ आश्विन २०७८, मंगलवार

नागरिकतासम्बन्धी अध्यादेशका कारण देश सिक्किमीकरण र फिजिकरणतिर जानेः रोहित



११ जेष्ठ, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ ले उनले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिँदा देशका कार्यकारी निकायमा बिदेशी पुग्ने र मुलुक सिक्किमीकरणतिर फिजिकरणतिर जाने बताएका छन् । नेपाली जनताको हितका लागि नभई भारतको हितका लागि नेपालमा नागरिकतासम्बन्धी विवाद आउने गरेको उनले दावी गरेका छन् ।

अध्यक्ष रोहितले सत्ताधारी नेताहरूका कारण नेपालको नागरिकता सिनेमाको टिकटभन्दा सस्तो बनाइएको बताएका छन् । कुनै एक दलले मात्र नभई शासन सत्तामा जाने राजनीतिक दलले आफ्ना सत्ता स्वार्थका लागि देशको नागरिकतालाई यस्तो बनाएको उनले टिप्पणी गरेका छन् ।

उनका अनुसार नागरिकतासम्बन्धी अध्यादेश विदेशीहरुले पनि नागरिकता पाउने गरी जारी भएको छ । यसको सुरुवात २०६२–६३ को जनआन्दोलनपछि भएको र नेमकिपाले १ हप्तासम्म हामीले यसको बिरोध गरेको जनाएका छन् । आफूले शेरबहादुर देउवालाई अहिले नै यति धेरै जनसंख्या बढेको र यसमा सही गरेमा देश त जान्छ भनेर समातेँको बताए। उनले भारतिय दूतावासले दवाव दिएपछि उनीहरूले सही गरेको आफूले नोट अफ डिसेन्ट लेखेको जनाए।

अहिले नयाँ नागरिकता लिने जनसंख्या व्यापक रूपमा बढिरहेको बताउँदै नेपालको सिमा नाकाको धेरै जग्गा भारतीयहरूले किनिसकेको बिजुक्छेको दावी छ । रोहितले भने, ‘उत्तर प्रदेशमा वडा अध्यक्ष हारेको मान्छे पनि नेपालको सांसद भएको उदाहारण छ । यस्ता धेरै गलत क्रियाकलाप भएको छ । शासक दलहरूमा राजनीतिक अनुशासनहीनताका कारण यस्तो समस्या आएको हो ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको