कोभिड भ्याक्सिनबाट बेलायती महिलाको मृत्यू
११ जेष्ठ, काठमाडौं । अष्ट्राजानिका कोभिड–१९ भ्याक्सिनबाट एक ३९ वर्षीय बेलायती महिलाको साइप्रियोट अस्पतालमा मृत्यु भएको छ । कोभिड भ्याक्सिन लगाइसके पछि उनको रगत जमेर गत सोमबार मृत्यू भएको हो । यस घटनाको युरोपियन मेडिकल एजेन्सीका प्रबक्ताले छानवीन गर्ने बताएका छन् ।
भ्याक्सिन लगाएको पछिल्लो दिन उनलाई यसबाट रिएक्सन भएको थियो । उनलाई मृत्यू हुनु अगाबै ब्रेन ह्यामरेज भएर कोमामा राखिएको थियो । साइप्रसका स्वास्थ्य अधिकारीहरुले यो एक गम्भिर स्वास्थ्य घटना भएको बताएका छन् ।
यस अघि पनि उक्त भ्याक्सिनबाट सामान्य रगत जम्ने केसहरु ४ जनालाई भएको र एक घटना फाइजर भ्याक्सिनका कारण भएको बताइएको छ । साइप्रसमा ४९ प्रतिशत जनसंख्याले भ्याक्सिनको पहिलो डोज पाइसकेका छन् भने २१ प्रतिशत पूर्ण रुपमा भ्याक्सिन प्राप्त गरिसकेका छन् ।
(स्रोतः एजेन्सिको सहयोगमा)