२२ जेष्ठ २०८०, सोमबार

काठमाडौंमा आजदेखि निषेधाज्ञा उल्लङ्घन गरे एक वर्ष कैद



११ जेष्ठ, काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोरोना महामारी नियन्त्रणका लागि ल्याइएको कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ कडाइका साथ लागू गर्ने निर्णय गरेको छ ।

मङ्गलबारदेखि निषेधाज्ञा उल्लङ्घन गर्नेलाई एक वर्ष कैद, पाँच लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने नयाँ कानुनी प्रावधानलाई कडाईका साथ लागु गर्ने कुरा जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ नियन्त्रणका लागि जारी निषेधाज्ञा पालना नभएमा नगद जरिवाना तथा कैद दुवै सजाय हुन सक्नेछ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको