२० जेष्ठ २०८०, शनिबार

कोरोना रोकथामका लागि ५ अर्बभन्दा बढी खर्चः स्वास्थ्य मन्त्रालय



१० जेष्ठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ५ अर्ब १७ करोड ७२ लाख ८३ हजार खर्च भएको जानकारी दिएको छ ।

मन्त्रालयले पीसीआर किट, एक्स्ट्राक्सन किट, भाइरल ट्रान्सपोर्ट मिडिया (भिटीएम), एन्टीजेन किट, मास्क, गाउन र सर्जिकल पञ्जाहरू, अक्सिजन प्रणाली सुदृढीकरण, आईसीयु, तथा अन्य औषधी उपकरणको व्यवस्थापनमा यो रकम खर्च गरेको जनाइएको छ ।

मन्त्रालयका अनुसार स्वास्थ्यकर्मीको जोखिम भत्ता, निःशुल्क परीक्षण र उपचार, खोप खरिद तथा अभियान सञ्चालन लगायत कोरोना रोकथाम तथा नियन्त्रणका गतिविधिमा पनि उक्त रकम खर्च भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड—१९ को द्रुत कार्ययोजनाका आधारमा खोप लगायत निदान, उपचार, व्यवस्थापनका लागि सरकारले १४ अर्ब श्रोत सुनिश्चित गरेको बताएका छन् । खोप कार्यक्रम र हाइ डिपेन्डन्सी युनिट (एचडीयू)का लागि २ अर्ब ५४ करोड ५८ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको उनको भनाइ छ ।

सोमबार पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले कोरोना महामारीको दोस्रो लहर अझै एक महिनासम्म तीव्र गतिमा फैलिन सक्ने भएकाले रोकथामका लागि स्वास्थ्य संकटकालको विषयमा छलफल भइरहेको बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको