विश्व खेल क्षेत्रका लागि दुःखद घटनाः २१ जना धावकको मृत्यू
१० जेष्ठ, काठमाडौं । चीनको उत्तरपश्चिम क्षेत्र ग्वान्सुको पहाडी क्षेत्रमा आयोजना गरिएको अल्ट्रा म्याराथुन धावनमा २१ जना धावकको ज्यान गुमाउन पुगेका छन् ।
६२ माइलको अल्ट्रा धावनमा घना जङ्गल र पहाडी चट्टान काट्नु पर्दथ्यो । उनीहरुले १२ माइलको बाटो ३ घण्टामा मात्र के काटिसकेका थिए अचानक तापक्रम तल झरी हुरी बतास, भारी वर्षा र असिनाका कारण धावकहरु बाटो हराउन पुगे । यस दुखद घटनामा २१ भन्दा बढी धावकले ज्यान गुमाउन पुगेको छ ।
एल्लो नदी जंगल र चट्टानी पहाडमा आयोजना गरिएको यस कार्यक्रममा १७२ जना प्रतियोगीहरु सहभागी भएकोमा २१ जना ज्यान गुमाउनु पर्यो भने ८ जना हस्पिटल भर्ना भएका छन् । साउथ चाइन मोर्निङ पोस्टका अनुसार मृत्युवरण गर्ने लियाङ जिङ र हुआन गुआनजङ लामो दुरीका विख्यात धावक मानिन्छन् ।
सामान्यतया लामो दुरीका यस्ता धावन खासै खतरा मानिदैनन् र यस्तो कमै मात्र मृत्यु हुने गर्दछ । तर अचानक हुनसक्ने मौसमी प्रतिकुलतालाई लक्षित गरी चीन सरकारले कडा सुरक्षा ब्यवस्था अपनाउनु पर्ने महसुस गरेको छ । खेल जगतमा भएको यो एक दुखद घटना हो ।