१७ श्रावण २०७८, आईतवार

हरिप्रिया



सगरमाथाको टुप्पोमा
सेताम्य भएको हिउँझैं
र सगरमाथाझैं अटल
अदम्य साहशको सिँढी उक्लेर
घरी लछारिँदै
घरी पछारिँदै
बिल्कुल
कोही कसैसँग नझुकेर
कैयौं वर्षदेखि नेताले तिमीसँग
भोट मागेको बाटोमा
स्वाभिमानको बलले
हाम फाल्दै
हरेक परीक्षामा सहभागी छौं ।
छन् त तिमिसँग
खाइलाग्दो जीउ भएको
सरकार छ ।
तर मैले देखिरहेको छु
टेलिभिजनबाट
र सुनिरहेको छु
रेडियो नेपालबाट
बाढीले बगाउँदै लगेको
मानिसहरुको जमात
विगतको कहाली लाग्दो
भूकम्पले च्यापिएका
हजारौँ बालकहरू
कठै पनि भन्न ढिला गरेका
सहयोगी हातहरू
माफ गर हरिप्रिया !
कहाँ देख्यौँ र हामीहरूले सपना
विपनामा अनुवाद भएका ?

कवि नारायण क्याम्पस दैलेखका पूर्व क्याम्पस प्रमुख हुन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु