१२ जेष्ठ २०८०, शुक्रबार

स्पेनमा बालुवा भित्र पाइयो रोमनकालिन स्थान घर



१० जेष्ठ, काठमाडौं । स्पेनको कानुस डे मेका भन्ने गाउँमा बालुवाको थुप्रो भित्र २.५ एकज जमिनमा फैलिएको रोपनकालिन स्नानघर भेटिएको छ । बहुकक्षहरु भएको उक्त स्थानघरमा १३ फिट उँचाई भएका पर्खालहरु छन् भने ढोका र झ्यालहरु अहिले पनि जस्ताका तस्तै छन् ।

रातो, सेतो र कालो मार्वलहरु राखिएको उक्त स्नानघर सुविधासम्पन्न देखिन्छ । काडिज विश्वविद्यालयका उत्खनन्कर्ताहरुले यो संरचना विशिष्ट महत्वको भएको र कम्तिमा १५ सय वर्ष अगि निर्माण भएको मानेका छन् । मछवार र नुन उद्योगका कामदारहरुका स्वास्थ्य र मनोरञ्जनलाई दृष्टिगत गरी यी वाथरुम बनाइएका थिए । रोमन स्रामाज्यका बेला माछा उत्पादन र ससेज बनाउने विषयमा यस पुरातात्विक संरचनाले जानकारी दिने आशा गरिएको छ ।

नजिकैको अर्काे केप ट्राफाल्गरमा ५ देखि ६.५ फिटसम्मका सातवटा नुने पोखरीहरु भट्टिएका छन् । खाद्यबस्तु संरक्षण गर्न यस्ता पोखरीहरु बनेको अनुमान गरिएको छ । त्यही क्षेत्र नजिकै ४ हजार वर्ष पुराना मानिसका चिहान र उनीहरुले उपयोग गरेका बस्तुहरु पनि भेट्टिएका छन् । अन्डालुसियाका संस्कृत मन्त्री ष्याट्रिका डेल पोजोले यो महान सभ्यताहरु र इतिहासको क्षेत्र रहेको बताएका छन् ।

(स्रोतः एजेन्सीहरुको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको