२१ जेष्ठ २०८०, आईतवार

म ओलीतिर गएको छैन्, माधव नेपालसँग सम्पर्कमै छुः युवा नेता गोकर्ण विष्ट



१० जेष्ठ, काठमाडौं । नेकपा (एमाले) सचिव युवा नेता गोकर्ण विष्टले कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री बनाउनु पर्ने रिटमा हस्ताक्षर गनृ सर्वोच्च अदालतमा अनुपस्थिती भएपछि विभिन्न अड्कलवाजी गरिएको थियो।

युवा नेता विष्टले आफू ज्वरो आएर घरमै आराम गरिरहेको र नेता नेपालसँग नियमित सम्पर्कमा रहेको बताएका छन् । त्यस्तै उनले आफू प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको क्याम्पमा पनि नगएको भनी प्रष्ट पारेका छन् । पछिल्लो समय नेता विष्टले एमालेको एकता जोगाउनका लागि सक्रिय भूमिका खेलिरहेका थिए ।

उनले नेता नेपाललाई पनि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीसँग वार्ता गर्न आग्रह गरेका थिए । ओलीले संसद् विघटन गरेर चुनावको मिति घोषणासँग सोमबार माधव नेपाल र झलनाथ खनाललगायत ११ जना सांसदलाई पार्टीको साधारण सदस्य समेतबाट निष्कासन गरेपछि भने एमालेको फुट निश्चित जस्तै भएको छ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको