१४ मंसिर २०७८, मंगलवार

सर्वोच्चमा ओलीलाई प्रधानमन्त्रीमा कायम राख्न ३ रिट, देउवालाई नियुक्तिका लागि २७ रिट



१० जेष्ठ, काठमाडौं । प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै कायम राख्न माग गर्दै सर्वोच्च अदालतमा ३ वटा रिट पेश भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार गरेको प्रतिनिधिसभा विघटनविरुद्ध हालसम्म सर्वोच्चमा ३० वटा रिट परेका छन् ।

ओलीलाई प्रधानमन्त्री कायम राखी राख्न माग गर्दै ३ वटा रिट पेश गरिएका छन् भने प्रतिनिधिसभा पुनःस्थापना गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै २७ वटा रिट पेश भएका छन् ।

विपक्षी गठबन्धनका १ सय ४६ जना सांसदले सर्वोच्च अदालतमा उपस्थित भई देउवालाई प्रधानमन्त्री बनाउन माग राखी रिट दर्ता गरेका छन् । सर्वोच्चमा रिट दर्ताका गर्नका लागि नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) खनाल–नेपाल समूह, जनता समाजवादी पार्टी बाबुराम–उपेन्द्र समुह र राष्ट्रिय जनमोर्चाका सांसदहरूको उपस्थिती रहेको थियो ।

सवै रिट दर्ताको प्रक्रियामा रहेको सर्वोच्चका संचार विज्ञ किशोर पौडेलले रातोपाटीलाई बताए । मन्त्रिपरिषद् तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ मा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । सो कदम बिरुद्ध कानुन व्यवसायी र सांसदहरुले रिट हालेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको