१५ मंसिर २०७८, बुधबार

खनाल र नेपाल लगायत ११ नेता एमालेबाट निष्कासित, थप १२ जनालाई स्पष्टीकरण



१० जेठ, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललगायत ११ नेतालाई निष्काशन गरेको छ । त्यस्तै थप १२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।

स्थायी कमिटी बैठकले नेपाल र खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी खड्कालाई पार्टीको साधारण सदस्यबाटै समेत निष्काशन गर्ने निर्णय गरेको हो ।

शनिबार बसेको स्थायी कमिटीको निर्णयअनुसार कार्यालय सचिव शेरबहादुर तामाङले २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र काटेका थिए । खनाल–नेपाललगायत ११ जना सांसदले नै जवाफ नदिएपछि निष्काशनको निर्णय भएको छ ।

त्यस्तै सोमबार बसेको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने थप १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ । स्पष्टीकरण सोधिने सांसदहरूमा विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञराज सुनुवार, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, दिपक प्रकाश भट्ट र नारायण खतिवडा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको