३ आश्विन २०८०, बुधबार

नेपालमा प्रजातन्त्रमाथि खतराः भारतीय पूर्व राजदुत रे



१० जेष्ठ, काठमाडौं । नेपालका लागि पूर्व भारतीय राजदुत रञ्जित रेले नेपालका वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदमका विरुद्ध कडा अभिव्यक्ति दिँदै हिजोको हिन्दूस्थान टाइम्समा एक लेख लेखका छन् ।

उनले लेखेका छन्, ‘सांसद खरिद बिक्री र भष्ट्राचार व्याप्त देशबाहेक कुनै पनि प्रजातान्त्रिक देशमा यस्तो हुन सक्दैन जहाँ प्रधानमन्त्रीले विश्वासको मत गुमाएपछि उहि पदवहाली होस् । ३० दिनभित्र विश्वासको मत लिन आह्वान गरिदाँ फेरी उनले नत विश्वासको मत लिए नत राजिनामा नै दिए । बरु अर्काे सरकार आह्वानका लागि राष्ट्रपतिलाई उक्साइयो । पदरिक्त विनाको भेकेन्सी आह्वान गरियो ।’

पूर्व राजदुत रे लेख्छन्, ‘२१ घण्टाको छोटो म्यादमा पनि विपक्षी दलका नेताले १४९ सांसदको भारी बहुमतको समर्थन जुटाए । तर जुन प्रधानमन्त्रीले अघिल्लो दिन विश्वासको मत लिन नसक्ने भनी नयाँ सरकारका लागि सिफारिस गरेका थिए उनले नै फेरी १५३ आफ्नो समर्थनमा भएको भनी प्रधानमन्त्री ओलीले दावी गरे । नेपालमा आज संसदीय लगाम विना सबै शक्ति प्रधानमन्त्री र राष्ट्रपतिसँग केन्द्रित गरिएको छ ।’

राष्ट्रपतिले समर्थन गर्ने सांसदका नाम दोहोरो भएको र पार्टी बाहिरका सांसद भए भन्ने जस्ता विषय उठाएर आवेदन वदर गरेर सरकारको सिफारिसमा अर्काे चुनाव घोषणा गरिएको तर्फ उनले सङ्केत गरेका छन् ।
राजदुत रेले भारतले बहुमत राजनीतिक दल र जनताले चाहेको प्रजातन्त्रको पक्षमा उभिँदै आएकोले भारत विपक्षको आन्दोलन, संवैधानिक सरकार र प्रजातन्त्रको पक्षमा उभिनु पर्ने बताएका छन् । भारत नजिक मानिने जनता समाजवादी पार्टीका महन्त ठाकुर र राजेन्द्र महतोले केपी शर्मा ओलीलाई गरेको समर्थन सबैलाई एक आश्चार्यको विषय भएको उनले बताएका छन् ।

पूर्व राजदूत रेले लेखमा भारतले समयमा उचित कदम नचालेमा चीन नेपालभित्र बलियो गरी पाइला चाल्न सक्ने आशंका पनि व्यक्त गरेका छन् । केपी ओलीलाई भारतले पछिल्लो बेला इन्गेज गरेको र संसदसम्म विघठन गर्न उक्साएको चर्चा नसेलाउँदै भारतीय कुटनीतिक वृत्तमा फेरी उनले चिनियाँ कार्ड प्रयोग गर्नसक्ने आशंका चल्न थालेको हो भन्ने अनुमान गर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको