२० जेष्ठ २०८०, शनिबार

कोरोना संक्रमणबाट पूर्वसांसद नरेन्द्र बस्नेतको निधन



१० जेठ, काठमाडौं । भोजपुरबाट निर्वाचित पूर्वसांसद नरेन्द्र बस्नेतको कोरोना सङ्क्रमणबाट निधन भएको छ ।

भोजपुर क्षेत्र नम्बर १ बाट २०४८ सालको संसदीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित ७४ वर्षीय बस्नेतको उपचारका क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सोमबार बिहान ३ः३० बजे निधन भएको हो ।

पूर्व सांसद बस्नेत भोजपुरको दिङ्लामा रहेको षडानन्द सीताराम गुठीको पूर्वअध्यक्ष र अरुण माध्यमिक विद्यालयको पूर्व प्रधानाध्यापक समेत थिए ।

बस्नेत पछिल्लो समय मोरङको खोर्सानेमा बस्दै आएका र विभिन्न सामाजिक सङ्घसंस्थामा पनि सक्रिय थिए । उनका श्रीमती र दुई छोरा छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको