एक दिनमै १३ अर्व डलर कमाए विश्वकै धनी व्यक्ति बेजोसले
९ साउन, काठमाडौं । विश्वकै सबैभन्दा धनी व्यक्ति जेफ बेजोसको सम्पत्ती एक दिनमै १३ अर्व डलरले बृद्धि भएको छ । विश्वकै सबैभन्दा ठुलो कम्पनी अमेजनका प्रमुख समेत रहेका बेजोसको सम्पत्ती भारी अंकले बृद्धि भएको हो ।
अमेजन कम्पनीको शेयर मूल्य ८ प्रतिशतले वृद्धि भएसँगै बजोसको सम्पत्ति एकाएक वृद्धि भई १ खर्ब ८९ अर्ब ३० करोड डलर पुगेको ब्लुबर्ग बिलियोनियर इन्डेक्सले जनाएको छ ।
सन् २०१२ देखी विश्वका अर्बपतिहरुको सम्पत्ती सार्वजनिक गर्दैआएको ब्लुबर्ग बिलियोनियर इन्डेक्सका अनुसार बेजोसको सम्पत्तिमा भएको यो दैनिक वृद्धिदर सूचकांक प्रकाशित हुन थालेयताकै सबैभन्दा बढी हो । कोरोना महामारीले विश्व अर्थतन्त्र नै धरासायी बनीरहेको बेला अमेजन कम्पनिका प्रमुख बजोसको सम्पत्ति सन् २०२० मै ७४ अर्ब डलरले वृद्धि भएको छ ।
विश्वका सर्वाधिक धनाढ्यको सूचिमा बजोस पछि दोस्रो स्थानमा रहेका बिल गेट्सलाई फेरी पनि अरु कसैले उछिन्न सकेनन् । उनको कुल सम्पत्ति एक खर्ब १८ अर्ब रहेको ब्लुबर्गले उल्लेख गरेको छ ।
त्यस्तै सुचिको तेस्रो स्थानमा बर्नार्ड अर्नोल्ड, चौंथोमा मार्क जुकरबर्ग, पाँचौं स्थानमा माइक्रोसफ्ट कम्पनिका मालिक स्टिभ बाल्मर अटाएका छन् । यो वर्षमात्रै ४७ अर्ब डलर सम्पत्ति थप्न सफल टेस्ला कम्पनिका मालिक एलोन मास्क छैटौं स्थानमा रहदा भारतीय अर्बपति मुकेश अम्बानी भने आठौं स्थानमा झरेका छन् ।