१७ आश्विन २०८०, बुधबार

नागरिकता अध्यादेशले नेपाल फिजीको नियतिमा पुग्नेः कानुनविद् डा.आचार्य



१० जेष्ठ, काठमाडौं । वरिष्ठ कानुनविद् डा. भिमार्जुन आचार्यले यस्तो महामारीको समयमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर नेपाललाई फिजीको नियतिमा पुर्याउने नागरिकता अध्यादेश जारी गरेको बताएका छन् ।

डा. आचायले आफू ओली राष्ट्रघातको कित्तामा उभिएको दिन देखि विरोध गरेकोकाले उनको गुट र कार्यकर्ताहरू आफ्नो बिरुद्ध खनिएको जनाएका छन् । उनका अनुसार नागरिकता विधयकको बिरोध पहिले प्रधानमन्त्री ओली आफैले गरेका थिए।

ओलीले भोलि निर्वाचन गरे भने मुलुकको सार्वभौमसत्ता नै बुझाउने र सत्ताको लागि जस्तोसुकै सम्झौता गर्ने खतरा देखिएको डा. आचार्यले फेसबुकमार्फत् बताएका छन् ।

कानुनविद् डा. आचार्यले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेका छन्, ‘ओली राष्ट्रघातको कित्तामा उभिएको दिन देखि हामीले बिरोध गर्यो । उनको गुट र कार्यकर्ताहरू हाम्रो बिरुद्ध खनिए। यस्तो महामारीको समयमा आज उनी र राष्ट्रपति मिलेर नेपाललाई फिजीको नियतिमा पुर्याउने नागरिकता अध्यादेश जारी गरे। जसको बिरोध पहिले उनी आफैले गरेका थिए। भोलि निर्वाचन गरे भने मुलुकको सार्वभौमसत्ता नै बुझाउँलान । सत्ताको लागि जस्तोसुकै सम्झौता गर्ने खतरा देखियो। एउटा नेता भन्दा देश ठूलो हो। होसियार हौ। त्यो तत्व पचासौं वर्षको ड्युज यो सरकार मार्फत प्राप्ति गर्ने योजनामा छ । त्यसलाई सफल हुन नदिउँ ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको