१९ श्रावण २०७८, मंगलवार

कोरोनाका कारण भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन



१५ भाद्र, काठमाडौ । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । कोरोना भाइरसबाट सङ्क्रमित बनेका ८४ वर्षीय मुखर्जीको सोमबार निधन भएको हो ।

नयाँ दिल्लीस्थित आर्मी आरआर अस्पतालमा उपचारका क्रममै मुखर्जीको निधन भएको बताइएको छ । सोही अस्पतालमा उनको मस्तिष्कको सर्जरी पनि गरिएको थियो ।

गत मंगलबारदेखि नै मुखर्जीको स्वास्थ्यअवस्था कमजोर बनेपछि भेन्टिलेटरको सहायतामा राखिएको थियो । मखर्जीका छोरा अभिजितले सामाजिक सञ्जाल ट्विटरमार्फत् उनको निधन भएको पुष्टि गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु