२२ जेष्ठ २०८०, सोमबार

सदावहार युवा देखिन शङ्खेकिराको साबुन



९ जेष्ठ, काठमाडौं । मानिसहरूले सदा युवा रहन र लामो जीवन जीउन सदियौ देखि जडीबुटीको प्रयोग, खानपान, योगा र जीवन पद्धति व्यवस्थापन आदि गर्दै आइरहेका छन् । हालसालै २८ वर्षीय फ्रेन्च आर्टिसियन डेमिन डेस्रोचरले शंखेकिराको र्यालबाट संजिविनी साबुन बनाउन ६० हजार शंखेकिराको फार्म घरको पछाडि निर्माण गरेका छन् ।

उनले ४० हजार शंखेकिरा त र्यालका लागि बन्द गरेर पालेका छन् । जसबाट पहिलो वर्ष केवल ३ हजार साबुन तयार गर्ने उनको योजना छ । करिव ४० शंखेकिराबाट ८० ग्राम र्याल (फिंज) निस्किने र यसबाट १०० ग्रामका १५ बटा साबुन बनाउन सकिने उनी बताउँछन् । शंखेकिराको र्यालमा पाइने फिँज पश्चिमा देशमा प्रयोग गर्ने कुरा प्रचलनमा नरहेता पनि कोरिया लगायतका देशमा यसलाई कस्मेटिकका रूपमा प्रयोग गरिदै आएको पाइन्छ ।

शंखेकिराको फिँजमा कोल्याजन र इलास्टिन भन्ने मोलेक्युल पाइने भएकोले यसले छालाका कोषहरूलाई पुन निर्माण गर्ने र चिल्लो राखिराख्ने भएकाले यस साबुनको प्रयोगबाट मानिसहरू सदा युवा देखिराख्न मद्दत पुग्नेछ । शंखेकिराले उसको शंखमा चोट लाग्दा यही फिँज प्रयोग गरी निको पार्ने विश्वास गरिन्छ ।

(स्रोतः र्युटर्स साउथ, चाइना मोर्निङ पोस्ट ।)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको