१५ मंसिर २०७८, बुधबार

अभियन्ता भिम उपाध्यायले ‘निःशुल्क अक्सिजन अभियान’ का लागि जुटाए ४० लाख ३१ हजार सहयोग



९ जेष्ठ, काठमाडौं । हाम्रो टिम नेपालले सञ्चालन गरेको ‘निःशुल्क अक्सिजन अभियान’ का लागि सामाजिक अभियन्ता भिम उपाध्यायको पहलमा ४० लाख ३१ हजार सहयोग जुटेको छ । उनलेले यो सहयोग १८ दिन लगाएर जुटाएको कुरा सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् ।

नेपाल सरकारको पूर्व सचिव समेत रहेका अभियन्ता उपाध्यायले यस अभियानका लागि गत ५ मे मा गरिएको मेरो सहयोगको अपिललाई मनन गरेर आज यतिबेलासम्म १०३० जना दाताले रू ४० लाख ३१ हजार सहयोग गरी बैंक ट्रान्सफर स्टेटमेन्टको कपी आफूलाई पठाएको जानकारी सामाजिक सञ्जालमार्फत् गराएका छन् ।

अभियन्ता उपाध्यायले आफूले सबै दाताको नाम र रकम सामाजिक सञ्जालमा पोष्ट गरिसकेको र कारणवस केही छुटेको भएमा खबर गरिदिन अनुरोध समेत गरेका छन्। सहयोग दाताहरू निरन्तर बढिरहेकोले उदारतापूर्वक गरिएको सहयोग रकमको ठोस र दिगो सदुपयोग गरिने वाचा गर्दै सबै मनकारीहरूप्रति आभार व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको