नेप्से परिसुचक अहिलेसम्मकै उच्च २८२० अंकले वृद्धि
९ जेष्ठ, काठमाडौं । अप्रत्यासित रूपमा राष्ट्रपतिले संसद विघटन गरेपछि त्यसको नकारात्मक प्रभाव पर्ने अनुमान गरिएपनि आइतबार सेयर बजारको परिसूचक नेप्से ३२.८ अंकले बढेको छ । सो अंकको वृद्धिपछि कारोबार बन्द हुँदा नेप्से अहिलेसम्मकै उच्च २८२० अंकले वृद्धि भएको हो ।
आइतबार (आज) ११ अर्ब ६९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार रकम भने यसअघि सबैभन्दा बढि ११ अर्ब ९५ करोडसम्म भएको रेकर्ड छ ।
बैंकिङ ३३, ब्यापार ४०, विकास बैंक २३९, जलविद्युत ४४, फाइनान्स १०४, उत्पादन ७, अन्य १३ र जीवन बीमा समूह ६१ अंकले बढेका छन् । आज होटल तथा पर्यटन समूह २, माइक्रोफाइनान्स ११ र निर्जीवन बीमा समूह ११ अंकले घटे ।
आज खासगरी विकास बैंकका लगानीकर्ताले राम्रो नाफा कमाएका छन् । ग्रीन डेभलपमेन्ट बैंक, कर्णाली विकास बैंक, महालक्ष्मी विकास बैंक, सांग्रीला डेभलपमेन्ट बैंक, युनाइटेड इदी मर्दी, कालिका पावर कम्पनी, बेष्ट फाइनान्स, गुडविल फाइनान्स, सप्तकोसी विकास बैंक, बरुण हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशत मूल्य कमाए ।
यस दिन समता लघुवित्त र रुरु जलविद्युतका लगानीकर्ताले ३ प्रतिशत बढी गुमाए ।
कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो । सो कम्पनीको ४१ करोड रुपैयाँ बराबरको कारोबार भयो । नेसनल लाइफ इन्स्योरेन्स, ज्योति विकास बैंक, मेगा बैंक र गरिमा विकास बैंक कारोबारका आधारमा अगाडि रहे ।