२० जेष्ठ २०८०, शनिबार

पृथ्वीसुब्बा गुरूङलाई मुख्यमन्त्री बन्न सघाउने जनमोर्चाका सांसद थापालाई कारबाही



९ जेष्ठ, काठमाडौं । राष्ट्रिय जनमोर्चा गण्डकीका सांसद कृष्ण थापालाई पार्टीले साधारण सदस्य समेत नरहने गरी कारबाही गरिने भएको छ । पार्टी ह्विप विपरित नेकपा एमालेका पृथ्वीसुब्बा गुरूङलाई मुख्यमन्त्री बनाउन साथ दिएका थापालाई सांसद पदबाटै निष्काशन गर्ने तयारी थालिएको हो ।

आफ्नै अध्यक्षतामा वैशाखमा बसेको संसदीय दलको बैठक निर्णय र पार्टी ह्विप समेत उल्लङ्घन गरेका थापालाई जनमोर्चाको शनिबार बसेको केन्द्रीय समितिको बैठकले कारबाही गरेको छ ।

पार्टी केन्द्रीय सदस्य रहेका थापालाई पार्टीको सबै जिम्मेवारीबाट निष्काशन गर्ने र १ वर्षसम्म पार्टी साधारण सदस्यबाट समेत निलम्बन गर्ने बैठकले निर्णय गरेको छ । जनमोर्चाका अनुसार थापा १ वर्षका लागि पार्टीसदस्यबाट समेत निष्काशित भएका छन् ।

पार्टीको साधारण सदस्यबाट समेत निष्काशन भएपछि थापा संसद सदस्यबाट समेत निष्काशन हुने भएका छन् । राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा पार्टी सदस्यबाट समेत निष्काशन भएको व्यक्ती स्वतः संसद सदस्यबाट समेत निष्काशन हुने उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको