२४ मंसिर २०७९, शनिबार

राष्ट्रपतिद्वारा नागरिकतासम्बन्धी अध्यादेश



९ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गरेकी छन् । जसमा जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजका आधारमा नागरिकता दिने गरी अध्यादेश जारी गरिएको स्रोतको भनाइ छ ।

हालसम्म जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता नपाउने व्यवस्था थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसकेन्द्रित दलको मागअनुसार नागरिकतासम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित गराएका थिए ।

नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभामा २ वर्षभन्दा अघिदेखि छलफलका क्रममा रहेकोमा सरकारले संसद विघटन गरेपछि अध्यादेशको रुपमा अर्को नागरिकता ऐन ल्याएको हो ।

सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमार्फत् जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको