आज ७९१४ जनामा कोरोना भाइरस संक्रमण
९ जेष्ठ, काठमाडौं । आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मा नेपालमा थप ७९१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
हिजो शनिबार देशभर ८९८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ८८४८ जना संक्रमणमुक्त बनेका खबर प्राप्त भएको थियो । संक्रमणका कारण१२९ जनाको मृत्यु भएको थियो ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ९६५ नमुना पीसीआर विधिबाट परीक्षण भएको छ भने ९३१ नमुना एन्टिजिन विधिबाट भएकोमा ७ हजार ५९८ जनाको पीसीआर विधि र ३१६ जनामा एन्टिजिन विधिबाट संक्रमण पुष्टि भएको हो ।
हालसम्म देशभर १ लाख १५ हजार ५४७ जना संक्रमित रहेकोमा संस्थागत आइसोलेशनमा ७ हजार ३४९ जना र होम आइसोलेशनमा १ लाख ८ हजार १९८ जना रहेका छन् । काठमाडौं उपत्यकामा मात्र २ हजार ८२१ जनामा संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए ।
मन्त्रालयको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १९३ जनाको मृत्यु भएको छ भने ७ हजार ६६४ जना निको भएका छन् ।