१२ फाल्गुन २०७७, बुधबार

सोमबार देशभर ८ सय ९९ संक्रमित थपिए, ७ को मृत्यु



१५ भाद्र, काठमाडौं । गएको २४ घण्टामा देशभर ८ सय ९९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । देशभर ७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएको संख्यासहित हालसम्म संक्रमित हुनेको संख्या ३९ हजार ४ सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । त्यस्तै हालसम्म मृत्यु हुने संक्रमितको संख्या २ सय २८ पुगेको छ ।

गएको २४ घण्टामा ५ सय ८८ जना संक्रमित कोरोनालाई जितेर घर फर्किएको प्रवक्ता गौतमले बताए । हालसम्म २१ हजार ४ सय १० जना निको भएर घर फर्किसकेका छन् ।

आजमात्रै ११ सय २९ जनाको पिसिआर परिक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म ६ लाख ९३ हजार ४ सय ७२ जनाको पिसिआर परिक्षण गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु