१४ मंसिर २०७८, मंगलवार

कान्तिपुरमा प्रकाशित कार्टुनप्रति प्रधानमन्त्री ओलीको आपत्ति



९ जेष्ठ, काठमाडौं । कान्तिपुर राष्ट्रिय दैनिकमा आइतबार (आज) प्रकाशित कार्टुनमा प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ति जनाएका छन् । पत्रिकाको प्रथम पृष्ठमा प्रकाशित अविन श्रेष्ठले बनाएको कार्टुनप्रति प्रधानमन्त्री ओलीले आपत्ति जनाएका हुन् ।

कार्टनुमा ओलीलाई राजाको श्रीपेजसहित देख्दै अरूलाई झम्टीहाल्ने जस्तो तानाशाह अवतारमा देखाइएको छ । उनले लगाएको कोटको अगाडीपट्टीको खल्तिमा राखिएकी राष्ट्रपति विद्यादेवी भण्डारी निक्कै मख्ख छिन्, आकाशमा कालो वादल मडारिरहेको देखिन्छ ।

कार्टुनलाई लिएर प्रधानमन्त्री ओलीले प्रेत संस्थाको खल्तीमा राष्ट्रपतिलाई राखेर गणतन्त्रको अपमान गर्न खोजिएको बताएका छन् । उनले भनेका छन्, ‘एउटा प्रेत संस्थाको खल्तीमा गणतन्त्रको प्रतीक राष्ट्रपतिलाई राखेर गणतन्त्रकै अपमान गर्न खोजिएको छ । यो अभिव्यक्ति स्वतन्त्रताको दुरूपयोग हो ।’

आइतबार (आज) बिहानैदेखि सामाजिक सञ्जालमा क्रिया–प्रतिक्रियासहित ब्यापक सेअर भएको उक्त कार्टुनले अथ्र्याएको सन्देश निकै वस्तुपरक र यथार्थपरक रहेको अधिकांश सहभागिले बताएका छन् ।

विद्यादेवी भण्डारी राष्ट्रपति जस्तो सम्मानित पदमा बसेर प्रधानमन्त्रीको गोटी बनेको भन्दै पछिल्ला केहि महिना यता चर्को विरोध भइरहेको छ । कार्टुनमा पनि ठ्याक्कै त्यहि सन्देश दिनेगरी ओलीले राष्ट्रपति भण्डारीलाई आफ्नो कोटको खल्तिमा राखेर आवश्यकता अनुसार प्रयोग गरेको देखाइएको छ । राष्ट्रपतिले तटस्थ र अभिभावकीय भूमिका निर्वाह गर्न नसक्दा मुलुक राजनीतिक गतिरोधमा फस्दै गएको विश्लेषकहरूको टिप्पणी छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले दोस्रो पटक शुक्रबार राति १ बजेर ५० मीनेटमा प्रतिनिधिसभा भङ्ग गरिदिएपछि प्रतिपक्षि दल नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, एमालेकै नेपाल–खनाल पक्ष र जनतासमाजवादी पार्टी सर्वोच्चमा रिट हाल्ने अन्तिम तयारी जुटिसकेका छन् । पाँच राजनीतिक दलले ओली–विद्या प्रवृत्तिविरूद्ध राजनितिक र कानुनि लडाईँ लड्ने निर्णय समेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको