६ आश्विन २०८०, शनिबार

अब राजनीतिबाट सन्यास लिन्छु: बादल



९ जेष्ठ, काठमाडौं । नेकपा (एमाले) का नेता निवर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफू राजनीतिबाट सन्यास लिने मुडमा पुगेको बताएका छन्। उनले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा (एमाले)को स्थायी कमिटी बैठकमा यस्तो बताएका हुन्।

उक्त बैठकमा बादलले भनेका भने, ‘मलाई दिक्क लाग्न थालिसक्यो, राजनीतिबाट टाढा रहौं जस्तो, सन्यास लिउँ जस्तो लाग्न थालेको छ कमरेडहरू।’

२०७७ फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई २०७५ जेष्ठ २ गतेको अवस्थामा फर्काउने निर्णयपछि बादल नेकपा (एमाले) प्रवेश गरेका थिए । उनी जेठ ६ गते बागमती प्रदेशमा राष्ट्रिय सभाको सदस्यका लागि भएको निर्वाचनमा स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटासँग पराजित भएका थिए।

जेठ ६ गते नै सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले बादलसहित ७ जनालाई सांसद नरहेकाले मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको थियो।

अहिले बादल अधिकार बिहिन जस्तो भएकाले निराश देखिएको हुन सक्ने एक जना नेताले बताए।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको