१६ श्रावण २०७८, शनिबार

महामारीको संकटमा राजनैतिक जालझेल गर्नेलाई जनताले कहिल्यै क्षमा गर्ने छैनन्ः पूर्व राजा ज्ञानेन्द्र शाह



९ जेष्ठ, काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरूले सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटना तर्फ धकेल्ने प्रयत्न गरिरहेको बताएका छन् ।

उनले यस विश्वव्यापी महामारीको संकटका बेला जन दायित्वबाट पन्छि असामयीक राजनैतिक जालझेल श्रृजना गरी, जनताको स्वास्थ्य जस्तो गम्भिर समस्यामाथि खेलवाड गर्ने कुरा निकै गम्भिर भएको आरोप लगाएका छन् ।

पूर्व राजा शाहले देशलाई दुर्घटनातर्फ धकेल्ने शासक र त्यसका मतियारको अपराधलाई जनताले कहिले क्षमा नगर्ने बताएका छन् ।

पूर्व राजा ज्ञानेन्द्रले ट्विटरमा लेखेका छन्, ‘यस वैश्विक महामारीको संकटका बेला जन दायित्वबाट पन्छिनका लागि असामयीक राजनैतिक जालझेल श्रृजना गरी, जनताको स्वास्थ्य जस्तो गम्भिर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटनातर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्ने छैनन् ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु