९ आश्विन २०८०, मंगलवार

खनाल–नेपाल निकट युवा नेता जीवन राईको नेतृत्वमा नेकपा (एकीकृत) दर्ता



९ जेष्ठ, काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेताद्वय झलनाथ खनाल–माधव नेपाल समुह निकट मानिने अनेरास्ववियुका पूर्व नेता जीवन राईको नेतृत्वमा निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) दर्ता भएको छ । उनले दल दर्ताका लागि वैशाख ७ गते निवेदन दिए पनि प्रमाणपत्र पाउन बाँकी रहेको छ ।

नयाँ पाटी नेकपा (एकिकृति) को उपाध्यक्षमा कल्पना गुरुङ, महासचिव विनोद खुलाल, सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल रहेका छन् ।

खनाल–नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्ने तयारी भइरहेका बेला उनीहरू निकट युवा नेताहरुले दर्ता गराएको नेकपा (एकीकृत) नै माधव नेपालको पार्टी बन्न सक्ने अनुमान गर्न थालिएको छ ।

अध्यक्ष राईले भने आफूले कोहि पनि नेताहरुसँग सल्लाह नगरी पार्टी दर्ता गरेको बताएका छन् । उनले भने, ‘आफू अनेरास्ववियुको उपाध्यक्षमा पराजित भएदेखि पार्टीमा कुनै जिम्मेवारी नपाएकाले हामीले अलग पार्टी दर्ता गरेका हौं । पार्टीको चुनाव चिन्ह कलम दावी गरिएको छ।’

संखुवासभा निवासी राई नविना लामा अनेरास्ववियुको अध्यक्ष जित्दा उनको विपक्षी प्यानलबाट उपाध्यक्षमा हारे व्यहोरेका थिए । त्यस्तै महासचिव बनेका विनोद खुलाल अमृत साइन्स क्याम्पसमा अनेरास्ववियुबाट राजनीति सुरु गरेका हुन् । खुलाल २०६५ सालको स्ववियु निर्वाचनमा सभापतिबाट बागी उम्मेदवार बनेका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको