कारवाही, प्रतिशोध र बदलाको राजनीतिले गन्तब्यमा पुर्याउँदैन्ः योगेश भट्टराई
९ जेष्ठ, काठमाडौं । नेकपा (एमाले) का सचिव युवा नेता योगेश भट्टराईले पार्टीमा कारवाही, प्रतिशोध र बदलाको राजनीतिले सहि गन्तब्यमा नपुर्याउने बताएका छन् ।
पौराणीक होस् वा आधुनिक बेलाका युद्धले यहि शिक्षा दिएको युवा नेता भट्टराईले भनाई छ । उनले पुनः धैर्य गरी सम्वाद गर्न समग्र पार्टी पङ्क्तिलाई आग्रह समेत गरेका छन् ।
युवा नेता भट्टराईले सामाजिक सञ्जालमार्फत् यस्तो धारणा राखेका छन्, ‘कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सहि गन्तब्यमा पुर्याएको छैन् र पुर्याउँदैन् पनि । पौराणीक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यहि हो । सबैले आफ्नो बिगतलाई हेरौ । धैर्य गरौ, संवाद गरौ ।’