१३ आश्विन २०८०, शनिबार

राजनीतिक समस्याको समाधान अराजनीतिक छक्कापञ्जाले गर्न सक्दैनः घनश्याम भुसाल



९ जेष्ठ, काठमाडौं । नेकपा (एमाले)का उप–महासचिव घनश्याम भुसालले राजनीतिक समस्याको समाधान अराजनीतिक छक्कापञ्जाले गर्न नसक्ने बताएका छन् । सत्ताले समस्या व्यक्तिमा देख्छ र साम, दाम, दण्ड, भेदजस्ता विभिन्न चर्तिकला देखाउँदै जाँदा क्रान्तिले वैधता प्राप्त गर्दै जाने तर्क भुसालले गरेका छन् ।

नेता भुसालका अनुसार सत्ताधारी वर्गले वैधता गुमाउँदै गएपछि नागरिकलाई भ्रमित पारेर, उनीहरुको पङ्तिमा विभाजन देखाएर, कसैलाई तर्साएर र अरुलाई किनेर, कतिलाई मानपदवी दिएर, कैयनलाई बदनाम गरेर समाजमा नक्कली वैधता सिर्जना गर्न अनेक प्रयत्न गरेता पनि परिणाम विपरित निस्कन्छ ।

उप–महासचिव भुसालले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्, ‘सत्ताधारी वर्गले आफ्नो ऐतिहासिक वैधता गुमाउँदै गएपछि नागरिकलाई भ्रमित पारेर, उनीहरुको पङ्तिमा विभाजन देखाएर, कसैलाई तर्साएर र अरुलाई किनेर, कतिलाई मानपदवी दिएर, कैयनलाई बदनाम गरेर समाजमा नक्कली वैधता सिर्जना गर्न अनेक प्रयत्न गर्छ । वास्तवमा परिणाम विपरित हुन्छ । उसले जति जति त्यस्तो चर्तिकला देखाउँदै जान्छ क्रान्तिले वैधता पाउँदै जान्छ । सत्ताले समस्या व्यक्तिमा देख्छ र साम, दाम, दण्ड, भेदजस्ता समाधानका उपायहरु अपनाउँछ । यसबारे माक्र्सको निष्कर्ष के छ भने समस्या केवल व्यक्ति वा व्यक्तिहरुको होइन बरु त्यस्ता व्यक्ति जन्मिने वस्तुगत अवस्थाको हो । अथवा यसरी भनौँ– राजनीतिक समस्याको समाधान अराजनीतिक छक्कापञ्जाले गथ्र्यो भने आजका विश्वविद्यालयहरुमा मुख्यरुपले छक्कापञ्जाशास्त्र कै पढाई हुन्थ्यो ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको